इस्लामावाद, १६, कात्तिक

पाकिस्तानमा एक नव विवाहित महिलालाई आफ्नो पति लगायत अन्य १२ जना पतिका आफन्तलाई दूधमा विष मिसाएर ख्वाइ हत्या गरेको अभियोग लगाइएको छ । "/>

आफ्नै पतिलाई मार्न खोज्दा परिवारका १५ जना मरे !

आफ्नै पतिलाई मार्न खोज्दा परिवारका १५ जना मरे !

केन्द्रबिन्दु
0
Shares

इस्लामावाद, १६, कात्तिक

पाकिस्तानमा एक नव विवाहित महिलालाई आफ्नो पति लगायत अन्य १२ जना पतिका आफन्तलाई दूधमा विष मिसाएर ख्वाइ हत्या गरेको अभियोग लगाइएको छ । प्रहरीले गतसाता आसिया बिबीले खतरानाक विष मिसाइएको दूध पति लगायत अन्यलाई खुवाउन खोजे पनि उनका पतिले दूध नखाएको दाबी गरेको छ। उनले दूधलाई लस्सी बनाएर पतिको परिवारलाई पिलाएको बताइएको छ। प्रहरीका अनुसार ती महिलालाई गत सेप्टेम्बरमा जवर्जस्ती विवाह गराइएको जनाइएको छ। पाकिस्तानको गरिब र विकटक्षेत्रमा परिवारको दबाबमा विवाह हुने घटना सामान्य हुन् । स्थानीय संचार माध्यमका अनुसार आसियाले विवाहपछि पनि लोग्नेको घर छाडेर माइत भाग्ने असफल प्रयास गरेको जनाएको छ।

वरिष्ठ प्रहरी अधिकारी ओवासिस अहमदले असिया विरुद्ध हत्याको अभियोग लगाइएको पुष्टि गरेका छन्। प्रहरीले यस घटनामा १३ जनाको ज्यान गएको तथा अन्य १४ जनालाई अस्पताल भर्ना गरिएको पनि जनाएको छ। पाकिस्तानी सरकारी टेलिभिजन जियोले मृतकको संख्या १५ पुगेको र मर्नेमा बालबालिका पनि रहेको जनाएको छ । विषाक्त दूध पिलाइना साथ घटनास्थलमै ८ जना व्यक्तिको ज्यान गएको थियो।
एजेन्सी

Logo