कस्ता कार प्रयोग गर्छन् विश्वका प्रहरी ?

कस्ता कार प्रयोग गर्छन् विश्वका प्रहरी ?

केन्द्रबिन्दु
0
Shares

हलिउड फिल्ममा हामीले देखेकै छौं, प्रहरीहरूले शानदार कारमा चढेर अपराधीलाई लखेटेको । यद्यपि उनीहरूले फिल्मको पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि यस्तै कार प्रयोग गर्छन् । अत: यहाँ विश्वका प्रहरीले प्रयोग गर्ने केही शानदार कारसम्बन्धी जानकारी प्रस्तुत गरिएको छ ।

जर्मन पुलिस कार (बार्बस सीएलएस रकेट)

जर्मन प्रहरीले प्रयोग गर्ने कार हो, बार्बस सीएलएस रकेट । यसको लुक्स मात्र आकर्षक छैन, इन्जिन क्षमता पनि उत्तिकै दमदार छ । यस कारमा सीएलएस वी १२ ट्वीन इन्जिनको प्रयोग गरिएको छ । जसले कारलाई ७ सय ३० हर्स पावरको क्षमता प्रदान गर्छ । यो कार २ सय २५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडिन्छ ।

मिशीगन पुलिसको केडिलक

यो हो केडिलकको सीटीएस वी । यस कारको प्रयोग अमेरिकामा मिशीगन राज्यको प्रहरीले गर्छ । खतरनाक अपरेसनका दौरान यो कारको प्रयोग बढी हुने गरेको छ ।

टेक्सास प्रहरीको कमारो

अमेरिकाको टेक्सास प्रहरीले स्पोर्टस कार कमारो एसएस प्रयोग गर्ने गरेका छन् । उत्कृष्ट गतिमा दौडिने यस कारमा आधुनिक ग्याजेटको पनि प्रयोग गरिएको छ ।

फ्लोरिडा प्रहरीको डच च्यालेन्जर

अमेरिकी राज्य फ्लोरिडाका प्रहरीले डच च्यालेन्जर कार प्रयोग गर्छन् ।

जापानी प्रहरीको होन्डा एनएक्सएस

जापन आफ्नो प्रविधिका लागि विश्वमै विख्यात छ । जापानी प्रहरीले होन्डाको शानदार कार एनएक्सएस प्रयोग गर्छन् । यो कार मुख्य गरी हाइवेमा पेट्रोलिङका लागि प्रयोग गरिन्छ ।

आबुधाबी प्रहरीको निसान जीटीआर

आबुधावी प्रहरी अपराधी पक्राउका लागि जापानी कार निर्माता कम्पनी निशानको स्पोर्टस कार जीटीआर प्रयोग गर्छन् । यो कार भारतीय क्रिकेट टिमका तत्काली मास्टर ब्लास्टर सचिन तेन्दुलकरसँग पनि छ ।

फ्रान्सिसी प्रहरीको प्योजो स्पोर्टस जीटी

फ्रान्सिसी प्रहरी दुनियाँभरका लागि आफ्नो तेज रफ्तारमा गर्ने कार्यसम्पादन र फुर्तीका लागि परिचित छ । त्यहाँका प्रहरीले प्योजो स्पोर्टस जीटी कार प्रयोग गर्छन् ।

जर्मन प्रहरीको कार पोर्शे ९११ करेरा

जर्मन प्रहरी दस्ताले पोर्शेको उत्कृष्ट स्पोर्टस कार ९११ करेरा प्रयोग गर्छन् ।

नेदरल्यान्ड प्रहरीको स्पाइकर सी ८

नेदरल्यान्ड प्रहरी स्पाइकर सी ८ स्पोर्टस कार प्रयोग गर्छन् ।

भारतीय प्रहरीको महिन्द्रा जीप

छिमेकी मुलुक भारतका प्रहरीले त्यहीं बनेको गाडी महिन्द्रा जीप प्रयोग गर्छन् । यद्यपि पछिल्लो समय महिन्द्राको स्थान बोलेरो, टवेरा आदिले लिएको छ ।


(एजेन्सी)

Logo