दोहोरो नागरिकता लिएपछि उपप्रधानमन्त्रीको पद चट, सरकार अल्पमतमा

दोहोरो नागरिकता लिएपछि उपप्रधानमन्त्रीको पद चट, सरकार अल्पमतमा

केन्द्रबिन्दु
0
Shares

क्यानबेर्रा, १० कात्तिक । अष्ट्रेलियाका उपप्रधानमन्त्री र्बानाबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिएका छन् । 

उनीसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहीरहन अयोग्य ठहर गरेको हो । अयोग्य ठहरिनु भएका जोयस लिवरल नेश्नल पार्टीसँग सत्ता साझेदारी गरेको नेश्नल पार्टीका नेता हुन । उनीहरुसँग दोहोरो नागरिकता रहेकाले उनीहरु संसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो । 

अष्ट्रेलियाको संविधानमा दोहोरो नागरिकता भएको व्यक्ति निर्वाचित हुन नपाउने व्यवस्था रहेको छ । जो यसकै पार्टीका उपनेता तथा सांसद फिओना नाश, माल्कोलम रोबर्टस्, स्कट लुड्लाम र लारिसा वाटर्स पनि अयोग्य ठहरिनु भएको हो । उनीहरुले भने यसअघि नै सांसद पदबाट राजीनामा दिईसकेका थिए । 

जोयस र लुड्लामका बुवा आमा न्युजल्याण्डमा जन्मीएका हुन् । त्यसैगरी नाशको बुवा स्कटल्याण्डमा जन्मेका हो भने रोबर्टस् भारतमा जन्मिएका थिए । त्यस्तै वेल्स र उनको बुवाको जन्म क्यानडामा भएको हो । उनीहरुको सांसद पद खारेज भएसँगै अष्ट्रेलियाको अहिलेको सरकारले संसदको बहुमत गुमाएको छ । रासस/सिन्ह्वा

Logo