विश्वकै सर्वाधिक पातलो टिभी बन्यो

विश्वकै सर्वाधिक पातलो टिभी बन्यो

केन्द्रबिन्दु
0
Shares

बेईजिङ, ९ कार्तिक । चिनियाँ टेलिभिजन निर्माता कम्पनी स्काईवर्थले विश्वकै सर्वाधिक पातलो टेलिभिजन सेट निर्माण गरेको छ ।

स्काईवर्थले निर्माण गरेको ओलिड टेक्नोलोजिको यो टिभी सेट ३ दशमलब ६५ मिलिमिटर मात्र रहेको छ । यो भनेको आईफोन एट्को मोटाईको तुलनामा आधा हो । आईफोन एट्को मोटाई ७ दशमलब ५ मिलिमिटरको रहेको छ । यो टिभी सेट मोवाइल सेटमा अहिलेसम्मकै सर्वाधिक पातलो रहेको दावा गर्ने ओप्पोको आर फाइभ भन्दा पनि पातलो रहेको छ । ओप्पोको आर फइभ ४ दशमलब ७५ मिलिमिटरको रहेको छ ।

यो टिभी सेटलाई स्काईवर्थले आगामी चिनियाँ राष्ट्रिय दिवस जुन अक्टोवरमा पर्छ, त्यो दिन देखि सेन्जेनमा बिक्रिलाई राख्ने जनाएको छ । बिक्रिका लागि राख्दा यसको अधिल्लो भागमा अर्को सिसाको पर्खाल बनाएर झुण्डाइने छ । ग्राहकले पेन्टिङ भनेर चलाउलान् भनेर कम्पनीले उक्त सुरक्षा अपनाउने जनाएको छ ।

झुण्डाएर राखिने भएको कारण वालपेपर ओलिड टेलिभिजनको यो सेट ६५ र ७७ इन्चको रहेको छ । ६५ इन्चको मुल्य ४ लाख ९० हजार र ७७ इन्चको १६ लाख ५० हजार रुपैंया तोकिएको छ ।

Logo