अस्ट्रेलियामा मृत्युको मुख्य कारण मुटु रोग

अस्ट्रेलियामा मृत्युको मुख्य कारण मुटु रोग

केन्द्रबिन्दु
0
Shares

क्यानबरा, ९ कात्तिक । अस्ट्रलियामा मृत्यु भएका मध्ये सबैभन्दा धेरै मुटु रोगका कारण मृत्यु भएको पाइएको छ ।

सन् २०१६ मा मृत्यु भएकाको तथ्यांकलाई हेर्दा मुटु रोग नै मृत्युको मुख्य कारण देखिएको बुधबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा उल्लेख छ ।

वर्षभरीमा मृत्यु भएका कुल एक लाख ५८ हजार ५०४ जनामध्ये १९ हजार ९९ जनाको मुटुसम्बन्धी रोगका कारण मृत्यु भएको पाइएको छ । यो संख्याका आधारमा हेर्दा मृत्यु भएका मध्ये १२ प्रतिशतको मृत्युको पछाडि मुटु रोग देखिएको छ ।

त्यसैगरी दोस्रो मुख्य कारण मनोभ्रंश भएको छ । मनोभ्रंशका कारण ८।३ प्रतिशतको मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ । वर्षभरी मृत्यु भएका मध्ये ६।६ जनाको मृत्यु भने दिमागमा रगत जमेर हुने समस्या (सेरेब्रोभास्कुलर) का कारण हुने गरेको पाइएको छ । यो मृत्युको तेस्रो ठूलो कारण देखिएको छ । एजेन्सी

Logo