चिनियाँ राष्ट्रपति सी सिपीसीको प्रमुखमा पुनः निर्वाचित

चिनियाँ राष्ट्रपति सी सिपीसीको प्रमुखमा पुनः निर्वाचित

केन्द्रबिन्दु
0
Shares

बेइजिङ, ८ कात्तिक (रासस/एएफपी) – चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव (प्रमुख) एवम् चिनियाँ राष्ट्रपति सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको अर्काे पाँचबर्षे कार्यकालका लागि पनि निर्वाचित हुनुभएको छ । 

राजधानी बेइजिङ्मा जारी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले उहाँलाई सो पदमा पुन अर्काे पाँच बर्षका लागि निर्वाचित गरेको हो । 

सो महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले बुधबार मतदान गरी सीलाई अर्काे पाँच बर्षे कार्यकालका लागि पनि पार्टीको महासचिव चयन गरेको हो । 

चिनियाँ समाचार समिति, सिन्ह्वाले दिएको जानकारीअनुसार चीनको सबैभन्दा शक्तिशाली उक्त पदमा उहाँलाई बुधबार बिहान बन्द कोठाभित्र भएको मतदानले निर्वाचित गरेको थियो । 

सो महाधिवेशनले नै हिजो आगामी कार्यकालका लागि कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरु पनि नियुक्त गरेको थियो । 

गएको करिब हप्तादिनदेखि बेइजिङ्मा जारी पार्टीको महाधिवेशनमा उहाँ एकपछि अर्काेगरी शक्तिशाली भएका उदाहरणहरु पनि प्रस्तुत भएका थिए । 

उक्त महाधिवेशले राष्ट्रपति चिनफिङको नाम तथा उहाँको विषयमा संविधानमा नै लेख्ने निर्णय पनि गरेको थियो । जसका कारण उहाँ चिनियाँ नेता माओ पछिको सबैभन्दा बढी लोकप्रीय र शक्तिशाली बन्ने निश्चित भएको छ । 

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीमा र चीनमा अख्तियार गर्नुभएको नीति र कार्यक्रमलाई अब चीनको प्रमुख नीतिका रुपमा लिइने र त्यस विषयमा चिनियाँ विद्यालय र विश्वविद्यालयमा पनि अध्ययन अध्यापन गरिने बताइएको छ । 

उहाँले बुधबार बिहानै आफू चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा नियुक्त भएको जानकारी पत्रकार सम्मेलनमा गराउनुभएको थियो । 

उहाँले पत्रकार सम्मेलनमा नै आफूले आगामी पाँच बर्षमा गर्ने कार्यक्रमहरुको बारेमा पनि सो पत्रकार सम्मेलनमा सार्वजनिक गर्नुभएको थियो । 

उहाँले सो पत्रकार सम्मेलन गरिरहँदा उहाँको साथमा हिजोमात्र नियुक्त भएका चिनियाँ कम्युनिष्ट पार्टीका छ जना पोलिटब्युरो सदस्य पनि रहनुभएको थियो । 

उहाँहरुले पनि आगामी पाँच बर्षमा आफूहरुले पार्टी र सरकारका लागि गर्नुपर्ने कार्यहरुका बारेमा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

Logo