अष्ट्रेलियाका सैनिकहरु सामाजिक संजालवाट बाल यौन शोषण बढाउँदै

अष्ट्रेलियाका सैनिकहरु सामाजिक संजालवाट बाल यौन शोषण बढाउँदै

केन्द्रबिन्दु
0
Shares

सिड्नी, ६ कार्तिक । घरेलु हिंसा, बलात्कार, यौन दुब्र्यवहार जस्ता क्रियाकलापलाई बढावा दिन संचालनमा आएको एक फेसबुक पेजमा अष्ट्रेलियाका सेनाहरुको उल्लेख्य उपस्थिती रहेको पाइएको छ ।

फेसबकुमा रहेको स्न्याफु पेजमा अष्ट्रेलियाका १ सय भन्दा बढी सेनाहरुले पेज लाईक गरेर यस्ता क्रियाकलापहरुलाई बढावा दिन लाईक, कमेन्ट गर्ने गरेको पाइएको छ । यो पेजमा केही पोष्टहरुले बाल यौन दुराचारलाई बढावा दिने किसिमका सामग्रीहरु समेत पोष्ट गरेको पाइएको छ । यस्ता पोष्टहरुलाई सेनाले लाईक कमेन्ट गरेको पनि पाईएको सेनाका प्रवक्ता जेनिफर जाकोम्बले बताइन् ।

यस्ता क्रियाकलापले समाजलाई बिग्रन बढावा दिनुका साथै अष्ट्रेलियन सेनाको छवि पनि धुमिल हुने देखिएको छ । यो बिषयमा आफुले गत जुलाई महिनामै सजग गराएको जाकोम्बले बताइन् । अहिले यो बिषयमा समाचारहरु ब्यापक हुदैं गएपछि उक्त फेसबुक पेजलाई बन्द गरिएको छ । एजेन्सी

Logo