कायरो , ५, कात्तिक

इजिप्टको राजधानी कायरो नजिकैको विद्रोहीको आश्रयस्थलमा गरिएको खानतलासीमा सुरक्षा फौज र इस्लामवादी लडाकूहरु बीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको शनिबार इजिप्टको प्रहरीले जनाएको छ । "/>

इजिप्टमा सुरक्षा फौज र विद्रोही पक्ष बीच भिषण झडप

इजिप्टमा सुरक्षा फौज र विद्रोही पक्ष बीच भिषण झडप

केन्द्रबिन्दु
0
Shares

कायरो , ५, कात्तिक

इजिप्टको राजधानी कायरो नजिकैको विद्रोहीको आश्रयस्थलमा गरिएको खानतलासीमा सुरक्षा फौज र इस्लामवादी लडाकूहरु बीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको शनिबार इजिप्टको प्रहरीले जनाएको छ ।  ‘वेस्टर्न डेजर्ट’ मा भएको झडपमा ५० भन्दा बढी सुरक्षा फौजको मृत्यु भएको छ भने १५ जना भन्दा बढी इश्लामवादी लडाकू मारिएका छन । आन्तरिक मामिला मन्त्रीका अनुसार कायरोको दक्षिण पश्चिममा रहेको बहारिया क्षेत्रमा छापा मार्ने क्रममा शुक्रबार राती प्रहरी र सशस्त्र फौजको समूह माथि लडाकूहरुले बन्दुक चलाएका थिए । हास्म नामका उग्रवादी समूहसँग सम्बन्धित रहेको ठानिएका १५ लडाकूहरु पनि उक्त झडपमा मारिएको प्रहरीले जनाएको छ । इजिप्ट अहिले इस्लामवादी विद्रोहसँग लडिरहेको छ । इजिप्टको सुरक्षा फौजले हास्मलाई मुस्लिम ब्रदरहुडकै एउटा समूहको रुपमा ब्याख्या गर्छ ।

तर उक्त समूहले भने त्यसलाई अस्वीकार गर्दै आएको छ । हालैका वर्षमा उनीहरुले इजिप्टमा हमलाहरु गर्दै आएका छन् । सुरक्षा स्रोतले लडाकूहरु बहारिया क्षेत्रसँग चिरपरिचित रहेको बताएको छ ।
एजेन्सी

Logo