बीस बर्षदेखि लगाउदै आएको नाकावन्दी हटेपछि….

बीस बर्षदेखि लगाउदै आएको नाकावन्दी हटेपछि….

केन्द्रबिन्दु
0
Shares

काएरो, २ कात्तिक । अमेरिकाले सुडानमाथि लगाउदै आएको नाकाबन्दी हटाएको जानकारी दिएको छ । उसले गएको विगत २० बर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी गत हप्ता हटाएको थियो । 

विगतका बर्षहरुमा मानवअधिकार हननक कैयौँ घटनामा सुडान संलग्न रहेको आरोप अमेरिकाको थियो । सोही कारण अमेरिकाले सुडानमाथि नाकाबन्दी लगाएको थियो । 
पछिल्ला बर्षहरुमा सुडानले मानवअधिकार तथा अन्य नागरिक अधिकारका क्षेत्रमा सुधार गर्दै आएकोले सो नाकाबन्दी हटाइएको अमेरिकाले विज्ञप्तिमार्फत जानकारी दिएको हो । 

यसैबीच उक्त निर्णयको विश्वका विभिन्न देशले स्वागत गरेका छन् । सो निर्णयको इजिप्टले पनि स्वागत गरेको छ । इजिप्टको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै गत हप्ता गरेको उक्त निर्णयको प्रशंसा गरेको छ । 

विश्वका कतिपय मुलुकले सुडानले आतङ्कवादलाई सघाएको आरोप लगाउदै आएका थिए । यद्यपि यसमा पछिल्ला केही बर्षयता सुडानले आफूलाई लागेको आरोपलाई आलोचनामुक्त गर्ने दिशामा अग्रसर रहेको इजिप्टले सो विज्ञप्तिमा भनेको छ । सुडानले आफ्नो देशमाथि अमेरिकाद्वारा लगाउदै आएको नाकावन्दीको विरोध गर्दै आएको थियो । रासस/एपी

Logo