फ्रान्सकी ओड्रे आजुले यूनेस्को प्रमुख निर्वाचित

फ्रान्सकी ओड्रे आजुले यूनेस्को प्रमुख निर्वाचित

केन्द्रबिन्दु
0
Shares

पेरिस (फ्रान्स), २९ असोज ।

संयुक्त राष्ट्रसंघको सांस्कृतिक निकाय युनेस्कोले फ्रान्सकी पूर्व संस्कृतिमन्त्री ओड्रे आजुलेलाई नयाँ प्रमुखको रूपमा चयन गरेको छ ।

यूनेस्को इजरायलप्रति ‘पूर्वाग्रही’ भएको भन्दै अमेरिकाले उक्त निकायबाट अलग हुने घोषणा गरेको एक दिनपछि नयाँ प्रमुखका रूपमा आजुले निर्वाचित भएकी हुन् ।

युनेस्को प्रमुख चयन गर्न भएको दोस्रो चरणको मतदानमा मोरक्को मूलकी यहुदी आजुलेले आफ्ना प्रतिद्वन्द्वी कतारका पूर्व संस्कृतिमन्त्री हमाद बिन अब्दुल अजिज अल–कवारीलाई झिनो मत अन्तरले हराएकी हुन् ।

अमेरिका र इजरायलले युनेस्कोबाट अलग हुने घोषणा गरेपछि उक्त निकायको प्रमुख चयन गर्ने कुरा छाँयामा परेको थियो ।

यसअघि अमेरिकाले युनेस्कोबाट अलग हुने घोषणा गरेपछि यसको केही घण्टा नबित्दै इजरायलले आफू पनि उक्त निकायबाट बाहिरिने बताएको थियो ।

युनेस्कोकी पूर्व प्रमुख इरिना बोकोभाले उक्त निकायबाट अमेरिका अलग हुनु ‘दुःखको विषय’ भएको बताएकी थिइन् ।

युनेस्कोबाट अलग हुने अमेरिकी निर्णय सन् २०१८ को डिसेम्बर अन्त्यतिर कार्यान्वयनमा आउनेछ र त्यसअघिसम्म अमेरिका युनेस्कोको पूर्ण सदस्यकै रुपमा रहिरहनेछ ।

अमेरिका र इजरायलले युनेस्कोका केही निर्णयहरुलाई विरोध गर्दै आएको पृष्ठभूमिमा उनीहरुले पछिल्लो निर्णय गरेका हुन् ।

युनेस्कोले सन् २०११ मा प्यालेस्टाइनलाई पूर्ण सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा अमेरिकाले उक्त निकायलाई दिंदै आएको सहायतामा कटौती गरेको थियो । एजेन्सी

Logo