क्यालिफोर्निया , २८, असोज

अमेरिकी राज्य क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएको छ । "/>

क्यालिफोर्नियाको डढेलोमा ६ सय बेपत्ता, २३ को मृत्यु

क्यालिफोर्नियाको डढेलोमा ६ सय बेपत्ता, २३ को मृत्यु

केन्द्रबिन्दु
0
Shares

क्यालिफोर्निया , २८, असोज

अमेरिकी राज्य क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएको छ । डढेलोमा परेर मृत्यु हुनेको संख्या २३ पुगेको छ । सो डढेलोमा अझै पनि ६ सयजना हराइरहेका छन् । आइतबार अंगुर फार्मबाट सल्केको डढेलो पछि सहर–बस्तीमा फैलिएको छ । क्यालिफोर्निया राज्यको ५० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा डढेलो सल्किएको छ । डढेलो अझै पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । डढेलो नियन्त्रणका लागि झन्डै २ सय अग्निनियन्त्रक परिचालन गरिएको छ । डढेलोबाट क्यालिफोर्नियाको सोनोमा काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ । सो काउन्टीमा मात्र १७ जनाको ज्यान गएको छ ।
एजेन्सी

Logo