लन्डन, २७ असोज ।

मिस्टर बिन । नाम सुन्नसाथ तपाईको ओंठमा मुस्कान दौडिन थाल्छ । "/>

पेट मिचिमिची हँसाउने ‘मिस्टर बिन’को कथा पढ्नुभएको छ ?

पेट मिचिमिची हँसाउने ‘मिस्टर बिन’को कथा पढ्नुभएको छ ?

केन्द्रबिन्दु
0
Shares

लन्डन, २७ असोज ।

मिस्टर बिन । नाम सुन्नसाथ तपाईको ओंठमा मुस्कान दौडिन थाल्छ । किनभने ‘मिस्टर बिन’ शृंखलाले पक्कै पनि तपाईलाई पेट मिचीमिची हँसाएको हुनुपर्छ । उनको उटपट्याङ हर्कतले कहिले हसाउँछ, कहिले आश्चर्यमा पार्छ । उनी बोल्दैनन् । तर, शारीरिक हाउभाउ हेर्न लायक हुन्छ । उनका अनेकन गतिविधि चाखलाग्दा हुन्छन् । त्यही कारण त, एउटा शृंखलाको ‘ह्याप्पी एन्डिङ’ भइनसक्दै, अर्को शृंखला हेर्ने हतारो हुन्छ ।

मिस्टर बिनको फिल्म हेर्न सकिन्छ, शृंखलाबद्ध कथा हेर्न सकिन्छ, एनिमेटेड कार्टुन हेर्न सकिन्छ । पृष्टभूमिमा बज्ने संगीतसँगै मिस्टर बिन रोचक हाउभाउसहित प्रस्तुत हुन्छन् । र, नसोचेको हर्कत गर्छन् ।

मिस्टर बिन, जसको खास नाम रोबान एटकिन्सन हो, उनको जीवन–गाथा पनि रोचक छ । उनी १९५५ मा जन्मिएका हुन्, बेलायतमा । जब उनी विद्यालय पढ्दै थिए, त्यसबेला उनका साथी थिए बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर । उनीहरू क्लासमेट थिए । एटकिन्सनलाई सानैदेखि कमेडी गर्न औधि रुचि लाग्थ्यो । अक्सफोर्डमा स्नातकोत्तर गर्दैगर्दा उनले ‘मिस्टर बिन’ क्यारेक्टरको परिकल्पना गरेका थिए ।

निजी जीवनमा पनि रोमान्टिक
रील लाइफमा त हामीले मिस्टर बिनलाई भेटेकै छौं । उनी बच्चा जस्तो छन्– चञ्चल, निश्छल र अनेक हर्कत गर्छन् । आफ्नै हर्कतले समस्या पैदा हुन्छ । त्यही समस्याबाट पार पाउन अनेक उपाय रच्छन् । र, क्लाइमेक्समा उनी आफ्नो ‘चोर बुद्धि’ प्रयोग गर्छन् । समस्या हल हुन्छ । मिस्टर बिनको ह्याप्पी एन्डिङ हुन्छ ।

स्क्रिनमा रोमान्टिक देखिने मिस्टर बिन वास्तविक जीवनमा पनि त्यस्तै रहेछन् । उनी वास्तविक जीवनमा रमाइलो, रसिक छन् । उनलाई ठट्टा गरिरहनुपर्छ ।

२७ वर्षका मिस्टर बिन
रोबान एटकिन्सनले सुरुआती समयमा केही स्टेज शोज गरे । १ जनवरी १९९० मा पहिलो पटक मिस्टर बिन युकेको आई टेलिभिजनमा प्रकट भए । त्यस हिसाबले आजसम्म मिस्टर बिन २७ वर्षका भए ।

फिल्ममा हिट
१९९७ मा मिस्टर बिन पात्रलाई केन्द्रीय भूमिकामा राखेर एउटा फिल्म बनाइयो, जो सुपरहिट भयो । २००७ मा त्यसको सिक्वेल बन्यो । एटकिन्सन ‘फोर वेडिंग्स एन्ड ए फ्युनरल’, ‘हट शट्स’ र ‘जनी इंग्लिश रिबोर्न’ मा एक ब्रिटिश जासुसको मुख्य भूमिकामा पनि देखिए । उनले आफ्नो बढ्दो उमेरका कारण २०१२ बाट यस भूमिकाबाट अवकाश लिने फैसला गरे ।

लन्डन ओलम्किमा प्रस्तुति
उनको लोकप्रियता कस्तो छ भने उनी सन् २०१२ को लन्डन ओलम्पिकको ओपनिङ समारोहमा कमेडी गर्दै गरेको देखिए । उनलाई बेलायतका ५० सबैभन्दा फनी एक्टर्समा राखिएको छ ।

शाही विवाहको विशेष पाहुना
मिस्टर बिन यति रुचाइएका कलाकार हुन्, जसलाई बेलायतको शाही विवाहमा विशेष आमन्त्रण गरियो । प्रिन्स विलियम र केट मिडलटनको शाही विवाहमा मिस्टर बिन विशेष पाहुना बनेर पुगेका थिए ।

परस्त्रीसँग सल्किएपछि
बिबिसीकी पूर्व मेकअप आर्टिस्ट सुनेत्रासँग मिस्टर बिनको विवाह भएको थियो । उनीहरूका दुई बच्चा पनि थिए । तर, सन् २०१४ मा दुवै अलग भए । यसरी अलग हुनुको कारण थियो, मिस्टर बिनको परस्त्रीसँगको सम्बन्ध । उनी एक युवतीसँग लामो समयदेखि प्रेममा थिए । त्यही निहुँमा उनको घरबार भाँडियो । सम्बन्ध–विच्छेद गरेपछि उनले पत्नीलाई करोडौं रुपैयाँ दिनुप¥यो । त्यसअघि उनले आफ्नो सुपर कार करिब एक अर्बमा बिक्री गरेका थिए ।

कारका सौखिन
मिस्टर बिन फिल्ममा पहेंलो रंगको पुरानो कारमा सवार हुन्छन् । वास्तविक जीवनमा भने उनी महंगा कार चढ्छन् । उनी कारका सौखिन हुन् । उनीसँग सबैभन्दा पहिला एम मारिस माइनर थियो । अहिले उनीसँग म्याकलारेन एफ–१, रेनाल्ट ५ जीटी टर्बो, अस्टिन मेट्रो औडी ए ८ र होन्डा सिविक हाइब्रिड छन् ।

जेम्स बोन्डको फ्यान
मिस्टर बिनको फ्यान कति छन् कति । उनीचाहिँ कसका फ्यान थिए होलान् ?

वास्तवमा मिस्टर बिन सानैदेखि जेम्स बोन्डका फ्यान थिए । उनले फिल्म ‘नेभर से नेभर अगेन’मा काम गरे ।

कार्टुन र भिडियो गेममा
डिसेम्बर २००१ मा द मिस्टर बिन एनिमेटेड सिरिज पूरा भएको थियो । २००४ मा त्यसलाई बेलायतमा निकबाट सार्वजनिक गरियो ।
फेबु्रअरी २००५ मा मिस्टर बिनले मोबाइल गेममार्फत विश्वमै कब्जा जमायो ।

फिल्ममा कमब्याक
मिस्टर बिनले २०१२ मा सार्वजनिक घोषणा गर्दै फिल्म जीवनबाट सन्यास लिएको घोषणा गरेका थिए । त्यसबेला उनले भनेका थिए, ‘अब मेरो उमेर कमेडियन रोल गर्ने बेला होइन ।’ पाँच वर्षसम्म उनले विश्राम पनि लिए । तर, त्यसपछि उनी आफ्नो सन्यास तोडेर फिल्ममा फर्किए । उनले चिनियाँ फिल्म ‘टप फनी कमेडियन’मा काम गरे ।

धनाढ्य अभिनेता
एक रिपोर्ट अनुसार उनी बेलायतका सबैभन्दा धनी अभिनेतामध्ये एक हुन् । उनको सम्पत्ति आठ सय करोडभन्दा बढी छ । (एजेन्सी)

Logo