बङ्गलादेशमा पाँच लाख ३६ हजार रोहिङ्गा शरणार्थी

बङ्गलादेशमा पाँच लाख ३६ हजार रोहिङ्गा शरणार्थी

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसंघ, २७ असोज । म्यानमारको उत्तरी राज्य राखिनबाट बङ्गलादेश छिरेका रोहिङ्गा शरणार्थीको सङ्ख्या ५ लाख ३६ हजार पुगेको छ । 

गएको दुई दिनमा मात्र १४ हजार रोहिङ्गा मुसलमान बङ्गलादेश पुगेका राष्ट्रसंघले जनाएको छ । यो सँगै बङ्गलादेश पुगेका शरणार्थीहरु ५ लाख ३६ हजार पुगेको बिहीबार संयुक्त राष्ट्रसंघका प्रवक्ताले जानकारी दिएका छन् । संयुक्त राष्ट्रसंघका प्रवक्ता फारहान हकले संयुक्तराष्ट्र संघको राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फाल्टम्यानले शुक्रबार म्यानमारमका अधिकारीहरुसँग भेटवार्ता गर्ने बताएका छन्  । 

उनी आउदो मङ्गलबारसम्म म्यानमारमा रहने र यस विषयमा आवश्यक परामर्श गर्ने पनि जानकारी दिनुभएको समाचारमा जनाइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुथ्रेसले म्यानमारको राखिन राज्यमा सैनिक कारबाहीका कारण उत्पन्न द्वन्द्वको अन्त्यका लागि बारम्बार आग्रह गरेको पनि हकले बताएका छन् । म्यानमारको उत्तरी राज्य राखिनमा जारी द्वन्द्वको कारण गत अगस्त २५ बाट लाखौंको सङ्ख्यामा रोहिङ्गा मुसलमानहरु छिमेकी राष्ट्र बङ्गलादेश पुगेका छन् । 

सरकारी सैनिकको दमनको कारण ती रोहिङ्गा मुसलमान समुदाय त्यहाँ पुगेका पीडित पक्षको भनाई रहेको छ । तर सरकारले यस प्रकारको दमन नभएको दावी गर्दै आएको छ । 
बङ्गलादेशको कोक्स बजारमा निकै थोरै क्षेत्र र शिवीरहरुमा ती शरणार्थीहरु बस्दै आएका छन् । उनीहरुलाई खाना र आवश्यक आधारभूत आवश्यकताको पनि पूर्ति हुन सकिरहेको छैन । 

यसैबीच प्रवक्ता हकले दिएको अर्काे एक जानकारीअनुसार संयुक्त राष्ट्रसंघीय बालकोष र बङ्गलादेश सरकारले शुक्रबार नै यहाँका बालबालिकाका लागि कम्तीमा पनि १० हजार वटा चर्पी निर्माणका लागि सहमति गरेका छन् । शरणार्थी शिवीरहरुमा पानीको प्रबन्ध हुन नसकेको र यसका कारण पानीजन्य रोगहरुको प्रकोप पनि बढ्दो देखिएकोले यसप्रति दाता र राष्ट्रसंघको ध्यानाकर्षण अधिकारकर्मीहरुले गर्दै आएका थिए । रासस/सिन्ह्वा

Logo