एके–४७ बोकेर हिँड्ने खतरनाक सुन्दरी डन

एके–४७ बोकेर हिँड्ने खतरनाक सुन्दरी डन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २८ असोज ।

अनौठो लाग्न सक्छ, केटी पनि डन । डन मात्र होइन, खुंखार डन । अमेरिकी सुरक्षा एजेन्सीको लागि समेत उनी टाउको दुखाईको बिषय बनेकी छन् । हेर्दा राम्री, कामुक, मादक देखिन्छन् । कुनै हलिउड सेलिब्रेटी जस्तै । तर, उनको हातमा अत्याधुनिक हातहतियार हुन्छ । उनको नाम हो, क्लाउडिया । उनी तीन बच्चाकी आमा समेत हुन् ।
मेक्सिकोकी यी डनले अहिलेसम्म सैयौलाई हत्या गरेकी छिन् । उनी म्याक्सिकन ग्याङकी प्रमुख हुन् । उनीहरुमाथि सैयौंलाई हत्या गरेको आरोप छ । २७ बर्षको उमेरमै क्लाउडिया विश्वको सबैभन्दा क्रुर अपराध गर्ने ग्याङमा सामेल भएकी हुन् ।

उनी यस ग्याङको नेतृत्वमा पुग्नु एउटा संयोग थियो । त्यसअघि उनको ब्वाइफ्रेन्ड जोस रोड्रिगो रचेगिले ग्याङको नेतृत्व सम्हालेका थिए । पछि उनी पक्राउ परिन् । फलतः त्यसको जिम्मेवारी क्लाउडियामाथि आइपर्यो ।

के भनिन्छ भने, क्लाउडियासँग अकुत पैसा छ । र, उनी तीन बच्चाकी आमा समेत हुन् । अक्सर उनी एके–४७ आफ्नो हातमा लिइरहेकी हुन्छिन् । त्यसो त एउटा ठूलो फौज उनको बडिगार्ड नै छ ।

उनी यति क्रुर अपराधी हुन् कि, जसले दुनियाँलाई थर्कमान बनाएकी छिन् । तर, उनको अर्को पाटो भने निकै ग्ल्यामरस छ । उनी अमेरिकी रियलिटी स्टार किम कार्दशियन भन्दा कम छैनन् । इन्स्टाग्राम, फेसबुक, ट्वीटर जताततै उनको ग्ल्यामरस तस्विर देखिन्छ । त्यसैले त उनलाई ‘द किम कार्दशियन अफ अर्गनाइज्ड क्राइम’ पनि भनिन्छ ।

 

 

Logo