समुन्द्री लुटेराबाट यसरी बच्यो भारतीय पानी जहाज

समुन्द्री लुटेराबाट यसरी बच्यो भारतीय पानी जहाज

केन्द्रबिन्दु
0
Shares

 केन्द्रबिन्दु डेस्क । काठमाडौं, २४ असोज ।

समुन्द्री डाकुहरूका बारेमा कथाहरूमा सुनिन्थ्यो । तर, हालै भारतको एक जहाज भने झन्डै समुन्द्री डाकुको फन्दामा परेको छ ।

शुक्रबार अदनको खाडीमा एक भारतीय कार्गो जहाजलाई समुन्द्री लुटेराहरूले घेरेका थिए । साउदी अरब गइरहेको पानी जहाज एमभी जग अमरलाई मध्यन्ह साढे बाह्र बजे लुटेराले घेरे ।

त्यस संकटबाट इन्डियन नेभीको जंगी जहाज आइएनएस त्रिशुलमा सवार मार्कोस कमान्डोले अपरेसन संचालन गर्यो । समुन्द्री डाकु १२ जना थिए, जो सानो डुंगामा सवार थिए । भनिहालौं, गत अप्रिलमा पनि सोमालियामा समुन्द्री डाकुले भारतीय जहाज लुटेका थिए । भारतको अनेक प्रयासपछि त्यसलाई ७ दिनमा छुटाइएको थियो ।

एके ४७ लगायत आधुनिक हतियारधारी डाकुको प्रयासलाई मरीन कमान्डोले निष्फल तुल्याइदिए । लुटेराको हातहतियार उनीहरूले जफत गरेका छन् । लुटेराको खोजी भइरहेको छ ।

कार्गो सिपको क्षमता ८६ हजार टन छ । यो भारतको रिजस्टर्ड कारोबारी जहाज हो । उक्त जहाजमा २६ जना क्रु मेम्बर थिए । उनीहरु सबै सुरक्षित छन् । (एजेन्सीको सहयोगमा)

 

Logo