यसरी मच्याइन सुन्दरीले हत्याकान्ड

यसरी मच्याइन सुन्दरीले हत्याकान्ड

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २४ असोज

भारत, राजस्थानको शिवाजी पार्कमा एकै परिवारको पाँच जनाको हत्या भयो । हत्या कसले र किन ग¥यो ? प्रहरीले खोजतलास गरे । आखिरमा फेला प¥यो यस्तो रहस्य ।
बनवारी लाल शर्मा र उनको चार बच्चाको हत्या उसकै पत्नी सन्तोषले प्रेमी हनुमान चौधरीसँग मिलेर दुई सुपारी किलरमार्फत गराएका रहेछन् । प्रहरीले चारै अपराधीलाई पक्राउ गरेको छ ।

यो हत्याको योजना पत्नी सन्तोषले बुनेकी थिइन् । संतोषी परपुरुषको प्रेममा फसेकी थिइन् । आफ्ना पतिले आफु र हनुमान चौधरीबीच प्रेम रहेको सुँइको पाएका थिए । र, पतिले उनको त्यो हर्कत रोक्न खोजेका थिए । आफुहरुको प्रेम सम्बन्धमा पतिले भाँजो हाल्ने भएपछि प्रेमिकासँग मिलेर सन्तोषले हत्याकान्ड गराएका हुन् । र, यसका लागि उनीहरुले दुई जनालाई सुपारी दिए ।

घटनाको दिन बनवारी र बच्चालाई खानामा नशालु पदार्थ मिलाइयो, जसले गर्दा उनीहरु गहिरो निन्द्रामा सुते । राती हत्यारा घरमा पसे र पाँचै जनाको हत्या गरे । भाडामा बस्ने उनीहरुको शव कोठाको भित्र फेला परेको थियो ।

 

Logo