मोदीले यसरी बदल्दैछन् आफ्नो जन्मथलोलाई

मोदीले यसरी बदल्दैछन् आफ्नो जन्मथलोलाई

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २३ असोज ।

हामीकहाँ नेता/मन्त्रीप्रति खासै श्रद्धाभाव छैन । बरु राजनीतिप्रति नै चरम वितृष्णा छ । तर, छिमेकी भारतमा भने प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिकताका साथ सम्मान गरिन्छ । उनको जहाँ उपस्थिति हुन्छ, त्यहाँ ठूलो जनलहर उर्लिन्छ ।

यसपाली उनी गुजरातस्थित आफ्नो गाउँ पुगे । प्रधानमन्त्री बनेपछि पहिलो पटक उनी गाउँ पुगेका हुन् । उनको आगमनमा वडानगर दुलही जस्तै सजिएको थियो ।

मोदी आफ्नो जन्मस्थान वडानगर पुगे । आइतबार त्यहाँ रोड शो गरियो । त्यसपछि मोदी त्यस विद्यालयमा पुगे, जहाँ उनले प्राथमिक शिक्षा लिएका थिए ।

त्यसो त मोदी गुजरातको राज्य प्रमुख छँदा नै त्यस क्षेत्रको कायापलट गरेका थिए । गुजरातले भौतिक विकासमा ठूलो फड्को मारेको थियो । अहिले उनले आफ्नो गाउँलाई पर्यटकको विशेष आकर्षणको केन्द्र बनाउँदैछन् । त्यहाँ भारु एक अर्बभन्दा बढी खर्च गरिँदैछ । त्यसका साथै करोडौंको लगानीमा नमुना रेलवे स्टेशन बनाइँदैछ ।

नरेन्द्र मोदी जहाँ आफ्ना पिताजीसँग चिया बेच्थे, त्यस रेलवे स्टेशनलाई अब पर्यटकय गन्तव्य बनाउँदैछन् । वडानगरबाट मुम्बई र दिल्लीको रेल सञ्चालन हुनेछ । यसले स्थानय युवालाई अथाह रोजगारी दिलाउनेछ ।

उनी सानो छँदा डुबुल्की मार्ने ताललाई पनि आकर्षणको केन्द्र बनाइँदैछ । त्यहाँ बौद्धमार्गीको लागि विशेष स्थान समेत निर्माण गरिँदैछ ।

(एजेन्सीको सहयोगमा)

Logo