आठ सय किलो खाना लिएर साउदी अरबका राजा रसियामा

आठ सय किलो खाना लिएर साउदी अरबका राजा रसियामा

केन्द्रबिन्दु
0
Shares

रसिया, २२ असोज । साउदी अरेबियाका राजा सलमान विन अब्दुल्लाजेज अहिले रुसको भ्रमणमा छन् । यी राजाको भ्रमण जहिलेपनि चर्चाको बिषय हुने गरेको छ । यसपटक पनि रसियाको भ्रमण यस्तै चर्चा पाएको छ । जम्बो टोली लिएर भ्रमणमा निस्किएका राजाले साथैमा लगेको सरसामान पनि भ्रमण रोचक बनेको छ ।

साउदी राजाले यसपटक उनले १५ सय सहयोगी साथै लगेका छन् । भ्रमणमा उनले फर्निचर, कार्पेट, गोल्डेन स्कालेटर पनि साथै लगेका छन् । अचम्म लाग्न सक्छ, खानपिनका लागि मात्र राजाले ८ सय किलोग्राम खाद्य सामाग्री पनि लगेका छन् ।

यति धेरै सहयोगीका लागि मस्को पुगेका राजाले दुईवटा पाँच तारे होटेलका सबै कोठा बुक गरेका छन् । यतिसम्म कि, होटेलमा स्थायी बसोबास गरिरहेकाहरुलाई समेत अन्यत्र सारेका छन् । होटलको बिल मात्र करोडौं रुपैयाँ लाग्ने अनुमान छ ।

राजाको स्टाफमा २५ क्राउन प्रिन्स छन्, जसले गर्भमेन्ट मिनिस्टरको जिम्मेवारी सम्हाल्छन् । यसका साथै १ सय २५ सेफ, पर्सनल असिस्टेन र सेक्युरिटी स्टाफ रहेका छन् ।
राजालाई कुनै सामानको आवश्यक्ता भएमा हवाइजहाजले हरेक दिन जसो रियादको लागि उडान भर्नेछ । त्यसमा भरपुर मात्रामा फलफूल र मासु सामेल हुने गरेका छन् । एजेन्सी

Logo