नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच एकता

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच एकता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १७ असोज । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टीबीच आगामी निर्वाचनमा तालमेल गर्ने र चुनाव पछि एकता गर्ने ६ बुँदे सहमति भएको छ ।

राष्ट्रिय सभा गृहमा भएको संयुक्त सहमतिमा तिनवटै पार्टीलाई एकीकरण गरेर एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने निर्णय भएको छ । नेकपा एमालेको तर्फवाट अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रको तर्फवाट पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीको तर्फवाट डा. बाबुराम भट्टराईले हस्ताक्षर गर्नु भएको छ । निर्णयको सार यसप्रकार रहेको छ ।

– तीन पार्टीबीच एकीकरण गरी एउटै पार्टी निर्माण गर्ने, हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिने ।

– समितिमा एमालेबाट ४, माओवादीबाट ३ र नयाँ शक्तिबाट १ नेता रहने ।

– पार्टीको नीति र विधान तयार पार्न दस्तावेज मस्यौदा समिति गठन गरिने । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि एकीकरण सम्पन्न हुने ।

– अब बन्ने पार्टीको मुद्दामा बहस गर्न सकिने । सार्वजनिक रुपमा सार्वजनिक टिप्पणी र नकारात्मक टिप्पणी गर्न नपाईने ।

– आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा माओवादीलाई ४० र एमालेलाई ६० प्रतिशत हुने गरी तालमेल गरिने ।

– निर्वाचनमा साझा घोषणा पत्र तयार पारिने । प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र मस्यौंदा समिति तयार गर्ने ।

– आगामी निर्वाचनमा तालमेल गर्न अन्य राजनीतिक दललाई पनि आह्वान गरिने ।

Logo