जर्मन चान्सलर मर्केल चौथो कार्यकालका लागि निर्वाचित

जर्मन चान्सलर मर्केल चौथो कार्यकालका लागि निर्वाचित

केन्द्रबिन्दु
0
Shares

बर्लिन, ९ असोज ।

जर्मन चान्सलर एन्जेला मर्केल जर्मनीको चान्सलरका लागि चौथो पटक पनि निर्वाचित भएकी छन् । तर उनको राजनीतिक कन्जरभेटिभ दल नेतृत्वको गठबन्धन सिडियु सिएसयुले भने इतिहासमा सबैभन्दा ठूलो हार व्यहोर्नुपरेको छ ।

उनले चान्सलरका लागि निर्वाचन जितेको भए पनि सरकार गठनका लागि भने अर्को राजनीतिक दलको सहयोग चाहिने अवस्था छ ।

प्राप्त समाचारअनुसार उनको दल नेतृत्वको गठबन्धनले जम्मा ३३ प्रतिशत मत ल्याएको छ । त्यसपछि दोस्रो ठूलो दलका रूपमा मत ल्याउने अर्को दल एसपिडीले भने २० प्रतिशत मत ल्याएको छ ।

राष्ट्रवादी एएफडीले पहिलो सिट हात पारेको छ र संसदमा तेस्रो पार्टी हुने संकेत देखिएको छ । उसले १३.५ प्रतिशत मत पाउने एक्जिट पोलले देखाएको छ ।

पार्टीका नेता फ्राक पेटरीले चुनावी नजितालाई जर्मनीमा एक राजनीतिक भूकम्पको संज्ञा दिएका छन् ।

चुनावी परीणामलाई लिएर विरोध प्रदर्शन सुरु भएको छ ।

दक्षिणपन्थी इस्लाम विरोधी पार्टीको मुख्यालय बर्लिनमा शारणार्थीहरुलाई स्वागत छ भन्ने प्लेकार्ड सहित प्रदर्शन भएको छ । फ्रांकफर्ट र कोलोनमा पनि प्रदर्शन भएको छ ।

विश्लेषकहरुले उनको दलले गएको करिब ७० वर्षको इतिहासमा नै सबैभन्दा थोरै मत यो निर्वाचनमा ल्याएको बताएका छन् ।

तर एसपिडीले सरकारमा नजाने र प्रतिपक्षी दलका रूपमा रहने घोषणा गरिसकेको छ । त्यसैले मर्केलले सरकार गठनका लागि अर्को दलको सहायता लिनुपर्ने छ । एजेन्ुस्

Logo