इस्लामिक स्टेटसंग लड्न राजकुमार ह्यारीलाई चुनौती

इस्लामिक स्टेटसंग लड्न राजकुमार ह्यारीलाई चुनौती

केन्द्रबिन्दु
0
Shares

सिंगापुर, ९ असोज । बेलायतका राजकुमार ह्यारीलाईलाई इस्लामिक स्टेटका एक लडाकुले आफु बिरुद्ध लड्न चुनौती दिएका छन् ।

भिडियो सन्देशमा इस्लामिक स्टेटका ति लडाकुले लण्डनमा भएको आक्रमणको संझना गराउदैं ह्यारीलाई – तिमि यहाँ किन हामीसंग लड्न आउदैनौ । यदी तिमी बहादुर छौ भने आउ हामीसंग लडेर देखाउ । केही बर्ष अघि ब्रिटिस सेनाको तर्फवाट राजकुमार ह्यारीले अफगानिस्तानमा तालिवानबिरुद्धको कार्वाहीमा अपाचे मार्फत कार्वाही गरेका थिए । जसको कारण अहिले इस्लामिक लडाकुले पनि आफ्नो सन्देशमा ह्यारीलाई अपाचेमा आउनु भनेका छन् ।

गत जुन महिनामा लण्डनको लण्डन ब्रिजमा आएको आक्रमणमा ७ जनाको ज्यान गएको थियो भने पछि ति आक्रमणकारीलाई प्रहरीले मारेको थियो । अंग्रेजीमा भिडियो सन्देश आएपछि ति लडाकु कुन मुलुकको हो भनेर छानविन गर्दा सिंगापुरको रहेको बताइएको छ । सिंगापुरका गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त भिडियो सन्देश पठाउने ब्यक्ति ३९ बर्षिय मेगाट सादन विन अब्दुल सामेद रहेको जनाएको छ । एजेन्सी

Logo