जसको बिहेलाई संसारले चासो दिएको थियो 

जसको बिहेलाई संसारले चासो दिएको थियो 

केन्द्रबिन्दु
0
Shares

मुम्बई हमालाको मास्टरमाइन्ड दाउद इब्राहिमको बेलायतमा रहेको सम्पति जफत भएको खबर छ । समाचार अनुसार केही स्थानमा दाउदले आफ्नो सम्पतिको ठूलो हिस्सा ज्वाई र छोरी माहरुखको नाममा राखिदिएका थिए ।

माहरुख दाउदको सबैभन्दा ठूली छोरी हुन् । उनको बिवाह पाकिस्तानका चर्चित पूर्व क्रिकेटर जावेद मियाँदादका छोरा जुनैदसँग भएको थियो । 

– दाउदको बाँकी परिवारका सदस्य झै माहरुखको बारेमा पनि धेरै जानकारी बाहिर आएको छैन । यद्यपि उनको बिवाहलाई मिडियाले निकै चासोपूर्वक पच्छ्याएको थियो । 

– माहरुखको बिवाह २००६ मा दुबईको हायत होटलमा भएको थियो । त्यसबेला दुनियाँले उनीहरुलाई चासोपूर्वक हेरेका थिए । तर, उक्त बिवाहमा दाउद सामेल भएका थिएनन् । 

– उक्त बिवाहमा करिब ५ सय आगन्तुक सामेल थिए । तर, अहिलेसम्म थाहा छैन कि, त्यसमा को को सामेल भए र को को सामेल भएनन् । 

– त्यसबेला ग्रान्ड हायत होटलको सुरक्षा एकदमै बलियो बनाइएको थियो । होटल स्टाफको मुख बन्द थियो । जहाँ डिनरको व्यवस्था गरिएको थियो, त्यहाँ बाहिरकालाई आउन जान निषेध गरिएको थियो । 

– यसक्रममा सुरक्षा अफिसरले पत्रकार र फोटोग्राफलाई मुख्य स्थानबाट दुरी बनाएर राख्न भनेका  थिए । 

दुबईमा दाऊदको केहि व्यवसाय दाउदसँग दुबईमा केहि हजार करोड रुपैयाँको सम्पति छ । त्यसको ठूलो हिस्सा उसको ज्वाई जुनैद र छोरी माहरुखको नाममा छ । एक वेबसाइटको रिपोर्ट अनुसार दुबईमा डल्फिन कन्स्ट्रक्सन, इस्ट वेस्ट एयरलाइन्स, किग भिडियो र मोइन गारमेन्ट नामको कम्पनी दाउदको नाममा छ । 

एजेन्सीको सहयोगमा

Logo