उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने राष्ट्र संघको निर्णय

उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने राष्ट्र संघको निर्णय

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २७ भदौ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले अमेरिकाद्वारा तयार गरिएको उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने सर्वसम्मत निर्णय गरेको छ । उत्तर कोरियाले आफ्नो छैटौं र अहिलेसम्मको सबैभन्दा ठुलो आणविक क्षेप्यास्त्र परीक्षण गरेको एक सातापछि विश्व संस्थाले यो निर्णय गरेको हो ।

यो प्रस्ताव खासगरी छवटा लक्ष्य हासिल गर्ने दिशामा केन्द्रित छ : उत्तर कोरियाले आयात गर्ने तेलमाथि कब्जा गर्ने, समुद्रपारिको थप श्रम सम्झौताहरू अन्त्य गर्ने, तस्करीबाट हुनसक्ने घुसपैठ रोक्ने, उत्तर कोरियाले गर्ने वा गर्न सक्ने संयुक्त अभ्यास वा कार्यव्यवहार, र उत्तर कोरियाली सरकारविरुद्ध थप नाकाबन्दी गर्ने ।

‘आज हामी भनिरहेका छौं, विश्वले आणविक शक्तिसम्पन्न उत्तर कोरिया कहिल्यै स्वीकार गर्ने छैन । र, आज सुरक्षा परिषद् भनिरहेको छ, यदि उत्तर कोरियाली सरकारले आफ्नो आणविक योजना रोक्दैन भने यसलाई बन्द गर्ने काम हामीले नै गर्नुपर्छ,’ संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले भनिन् ।

भिटोपावर भएका रुस र चीनले यसअघिसम्म उत्तर कोरियाको साथ दिँदै आएको भए पनि यसपटक पारित प्रस्तावप्रति भने समर्थन जनाएका छन् ।

उत्तर कोरियाले प्रशान्त महासागरस्थित अमेरिकी क्षेत्र गुआममा आक्रमण गर्ने धम्की दिँदै आएको छ । यसबाट उत्तर कोरिया र अमेरिकाबीच शत्रुतापूर्ण सम्बन्ध झनै बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको विनाश गर्ने धम्की दिँदै आएका छन् ।

हिजो सोमबार मात्र उत्तर कोरियाले अमेरिकालाई धम्की दिँदै सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध कडा प्रस्ताव पारित गरेका अमेरिकाले त्यसको भयानक मूल्य चुकाउनुपर्ने धम्की दिएको थियो ।

जापान र दक्षिण कोरिया सरकारहरूले सुरक्षा परिषद्ले पारित गरेको आजको प्रस्तावको स्वागत गरेका छन् ।

Logo