मेक्सिकोमा गयो तीसबर्ष यताकै शक्तिशाली भूकम्प (अपडेट)

मेक्सिकोमा गयो तीसबर्ष यताकै शक्तिशाली भूकम्प (अपडेट)

केन्द्रबिन्दु
0
Shares

मेक्सिको, २३ भदौ । मेक्सिको दक्षिणी प्रशान्त महासागरमा ८ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ। युएस जीओलोजिकल सर्भेका अनुसार पिजीजीपान शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चीमतिर केन्द्रविन्दु भएर भूकम्प गएको हो । 

पछिल्लो भूकम्पलाई तीस वर्ष यताकै सबैभन्दा शक्तिशाली भनिएको छ। भूकम्प युटिसी समय अनुसार ४ बजेर ४९ मिनेटमा गएको बिभागले जनाएको छ  । एक मिनेटसम्म भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ।   भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पका कारण ६ देशमा सुनामी आउँन सक्ने चेतावनी दीईएको बिबिसीले जनाएको छ  । मेक्सिको, ग्वाटामाला, एल साल्भाडोर, कोस्टा रिका, पानामा र होन्डुरसमा सुनामीओ चेतावनी दिइएको हो ।

पछिल्लो भूकम्पसँगै कम्तीमा ४ वटा ५ दशमलव २ देखि ५ दशमलव ७ मेग्निच्युडका चारवटा परकम्प महसुस गरिएको छ। भूकम्पका कारण कम्तीमा दुईजनाको मृत्यु भएको भनिए पनि बिस्तृत विवरण आउन बाँकी छ । राजधानीका केही भागमा विद्युत् आपूर्ति बन्द भएको छ।यसअघि सन् १९९५ र १९८५ मा मेक्सिकोमा भूकम्प गएका थिए ।

Logo