अबू सलेम : ग्याङस्टार बन्नुअघि मेकानिक , मनिषा कोइरालका सेक्रेटरीका हत्यारा

अबू सलेम : ग्याङस्टार बन्नुअघि मेकानिक , मनिषा कोइरालका सेक्रेटरीका हत्यारा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ भदौ ।

अबू सलेम, जसले सिंगो भारतलाई थर्कमान बनाए । उनी ग्याङस्टार डन । १२ मार्च १९९३ मा मुम्बईमा भएको बम हमलाका आरोपी ।

अन्डरवल्र्ड डन अबू एक वकिलका छोरा थिए । सडक दुर्घटनामा उनको मृत्यु भयो । त्यसपछि हो, उनको परिवार आर्थिक दलदलमा फसेको । जब घरमा आर्थिक समस्या बढ्दै गयो, अबूले पढाइलाई निरन्तरता दिन सकेनन् । उनी पढाइ छाडेर कामको खोजीमा लागे । त्यसै क्रममा उनले एक ग्यारेजमा मेकानिकको काम गर्न थाले ।

त्यसपछि उनी दिल्ली पुगे । र, त्यहाँ पनि मेकानिकको काम गरे । त्यहाँ उनले ट्याक्सी समेत चलाउन थाले । मुम्बईमा पुगेर पनि उनले त्यही पेसा अँगाले ।

मुम्बईमा रहेकै बेला उनको सम्पर्क अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग भयो । त्यसपछि उनले डी कम्पनीमा काम सुरु गरे । चतुर दिमागका उनी ग्याङका ठूला व्यक्तिहरुसँग उठबस गर्न थाले । ग्याङमा रहेर आफ्नो अलग पहिचान बनाउन सफल भए । एक प्रहरी अफिसरलाई अपहरण गरेसँगै उनले अपराधको दुनियाँमा पाइला राखे ।

बिस्तारै उनको आपराधिक क्रियाकलाप बढ्दै गयो । अन्तत: उनी मुम्बई हमलामा समेत सामेल भए । त्यसपछि भोगर दुबई पुगे । त्यहाँ दाउदका भाइसँग मिलेर उनले तस्करी गर्न थाले । उनको कामबाट दाउद खुसी थिए ।

पछि उनले आफ्नो छुटै साम्राज्य बनाए र दाउदको ग्याङबाट अलग भए । त्यसबीचमा उनले बलिउड फिल्म मेकर राजीव राय र राकेश रोशनलाई मार्ने असफल प्रयास समेत गरे । उनीहरू दुवै दाउदको नजिकका थिए । त्यसैले अबूको दाउदसँग थप दुश्मनी बढ्यो ।

पछि अबूले बलिउडकर्मीबाट भत्ता उठाउन थाले । उनले बलिउडलाई थर्कमान बनाइरहे । १९९७ मा गुलशन कुमारको हत्या भयो, जसमा उनको नाम पनि जोडियो । अभिनेत्री मनिषा कोइरालाका सचिव समेत ५० जनाको हत्यामा उनकै हात थियो ।

मोस्ट वान्टेड सूचीमा रहेका उनी भारत छाडेर भागेका थिए । उनको विरुद्ध रेड कर्नर नोटिस जारी गरिएको थियो । इन्टरपोलले खोजी गरिरहेका उनी २००२ मा पक्राउ परे, पोर्चुगलमा । 

(एजेन्सीको सहयोगमा)

 

Logo