राजकुमारी तेस्रो सन्तानको तयारीमा

राजकुमारी तेस्रो सन्तानको तयारीमा

केन्द्रबिन्दु
0
Shares

लण्डन, १९ भदौ । बेलायतका राजकुमार विलियम र राजकुमारी केट मेलिङटनले तेस्रो सन्तान जन्माउने भएका छन् ।

डचेज अफ क्याब्रिज केटले पहिलो दुई सन्तान पाउदा जस्तो किसिमको वाकवाकी भएको थियो त्यस्तै किसिमको वाकवाकी लागेको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

केन्सिगटन दरवारले विज्ञप्ति जारी गर्दै राजकुमार र राजकुमारीले खुशिका साथ आफुहरुले तेस्रो सन्तानको आशा राखेको जनाएको छ । यो विज्ञप्ति राजकुमार र राजकुमारीको पहिलो सन्तान राजकुमार जर्ज स्कुल भर्ना हुनु केही दिन बाँकी रहदा आएको हो । जसको कारण सम्भवत उनी छोराको भर्नाका लागि विद्यालय जान नपाउने भएकी छिन् । केटले तेस्रो सन्तान जन्माउने भएपछि बेलायतकी महारानी, राजकुमार चाल्स, विलियमका भाई ह्यारीले खुशि ब्यक्त गरेका छन् । एजेन्सी

Logo