महिनावारीका बेला शिक्षकले जिस्काएपछि बिद्यार्थीले गरे आत्महत्या

महिनावारीका बेला शिक्षकले जिस्काएपछि बिद्यार्थीले गरे आत्महत्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १६ भदौ । महिनाबारीका बेला शिक्षकले जिस्काएपछि भारतको तामिलनाडुकी एकजना १२ वर्षिया विद्यार्थीले आत्महत्या गरेका छन् ।

तामिलनाडुको तिरुनेलवेली जिल्ला बस्ने बालिकाले सुसाइड नोटमा शिक्षिकाको ‘यातना’ कारण आत्महत्या गरेको लेखेकी छन्। ७ कक्षामा अध्ययनरत बालिका विद्यालय गएका बेला महिनाबारीको रगत देखिएपछि शिक्षकले साथीहरूको अगाडी उनलाई जिस्काएका थिए । शिक्षकले सेनेटरी प्याड कसरी लगाउने ? सिकाइदिऊँ भन्दै जिस्काएपछि ति बालिकाले आफु बस्ने घरबाट हाम फालेर आत्महत्या गरेको बिबिसीले जनाइएको छ ।

बालिकाको सुसाइड नोटमा लेखिएको थियो, ‘मलाई थाहा छैन, किन मेरो शिक्षिकाले मेराबारे गुनासो गरिरहनुहुन्छ। मलाई किन यसरी पीडा र यातना दिनुहुन्छ … मसँग कुनै विकल्प रहेन … अम्मा, मलाई माफ गरिदिनुहोस्।’

शिक्षिकाले आफ्नी छोरीलाई कक्षाबाहिर उभिन लगाएको पनि आमाले बिबिसीसँग बताएकी हुन्। यो घटनाको भोलिपल्टै बालिकाले आत्महत्या गरेकी हुन्। तीन दिन अघि २५ फिट अग्लो घरको छतबाट हाम फालेर उनले आत्महत्या गरेको जनाइएको छ ।

त्यहाँका जिल्ला प्रमुखले उजुरी दर्ता भएको र अनुसन्धान जारी रहेको जनाएको छ । एजेन्सी

Logo