भारतका पाँच मन्त्रीले दिए राजिनामा

भारतका पाँच मन्त्रीले दिए राजिनामा

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली, १६ भदौ । भारतका पाँचजना मन्त्रीले राजिनामा दिएका छन् । 

राजिनामा दिनेमा जलस्रोत मन्त्री उमा भारती, सीप विकास मन्त्री राजिव प्रताप रुडी, कृषिमन्त्री राधा मोहन सिंह, जलस्रोत राज्यमन्त्री सञ्जिव बल्यान र साना उद्यमसम्बन्धी मन्त्री गिरीराज सिंह छन्  । 

बिहीबार भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले वित्तमन्त्री अरुण जेटलीसँग भेटवार्ता गरेका थिए  । भेटवार्तापछि ती पाँचजना मन्त्रीले राजिनामा दिनुलाई महत्वका साथ् हेरिएको छ  ।

प्रधानमन्त्री मोदीले आगामी शनिबार वर्तमान मन्त्रिमण्डल पुनर्गठन गर्नुहुने अनुमान गरिएको छ । सन् २०१९ मा भारतमा संसदीय निर्वाचनको आह्वान गरिएको छ । सोही कारणले उनीहरुलाई पार्टीमा काम दिनेगरी मन्त्रीबाट राजिनामा मागिएको स्रोतको भनाई छ।

Logo