जापानलाई लक्ष्य गर्दै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

जापानलाई लक्ष्य गर्दै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १३ भदौ ।

उत्तर कोरियाले मंगलबार जापानमाथिबाट क्षेप्यास्त्र प्रहार गरेपछि त्यस क्षेत्रमा तनाव बढेको छ । उत्तर कोरियाले परीक्षण गरेको क्षेप्यास्त्र जापानको होकाइडो द्वीप अवस्थित रहेको प्रशान्त महासागरमा खसेको थियो ।

जापानका मुख्य सचिव योशिहिदे सुगाले उत्तर कोरियाको पश्चिमी तटबाट बिहान ५.५८ बजे क्षेप्यास्त्र परीक्षण गरिएको र त्यो क्षेप्यास्त्र होकाइडो द्वीपको केप एरिमो भन्ने स्थानमा बिहान करिब ६.०६ बजे पुगेको थियो ।

उत्तर कोरियाले आफ्नो आक्रामक शैलीमार्फत अमेरिका र उसका निकट सहयोगी देशहरूलाई लडाईंको मामिला (वार गेम) मा आफू पछि नहट्ने स्पष्ट पारिदिएको छ ।
सिन्ह्वा समाचार समितिले सुगालाई उल्लेख गर्दै जनाएअनुसार, उत्तर कोरियाली क्षेप्यास्त्रले २७०० किलोमिटरको यात्रा तय गरेपछि बिहान करिब ६.१२ बजेतिर प्रशान्त महासागरमा खसेको थियो । जापान सरकारले सबै स्थितिमाथि सूक्ष्म दृष्टि राखिरहेको छ ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले यस क्षेप्यास्त्र परीक्षणबाट क्षेत्रीय शान्ति र सुरक्षामा खतरा उत्पन्न भएको छ भन्दै जापानले यसको कडा विरोध गर्ने बताएका छन् । उनले जापानले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को संकटकालीन बैठक बोलाउनुपर्ने माग गर्ने भएको पनि बताए ।

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेपछि जापानले राष्ट्रिय परिषद्को बैठक बसिरहेको छ । जापानले अमेरिकालाई उत्तर कोरियाकाथि अन्तर्राष्ट्रिय दबाब बढाउन पनि आग्रह गरेको छ ।

सन् २००९ पछि पहिलोपटक यस्तो भएको हो जतिबेला उत्तर कोरियाली क्षेप्यास्त्रले जापानलाई नाघेको छ ।

यो वर्ष उत्तर कोरियाले लगातार र छिटोछिटो क्षेप्यास्त्र परीक्षण गरेको छ । केही विश्लेषकहरूका अनुसार, उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल समाप्त हुनुभन्दा अगावै अमेरिकासम्मलाई लक्ष्य गर्न सकिने हतियार विकसित गर्न सफल हुनसक्छ ।

Logo