पूर्व विद्रोही ‘फार्क’ लडाकूहरु नयाँ पार्टीमा रुपान्तरित

पूर्व विद्रोही ‘फार्क’ लडाकूहरु नयाँ पार्टीमा रुपान्तरित

केन्द्रबिन्दु
0
Shares

बोगोटा (कोलम्बिया), १२ भदौ ।

कोलम्बियाका पूर्व विद्रोहीहरुको संगठन द रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्बिया ९फार्क० ले आइतबार नयाँ राजनीतिक पार्टीमा रुपान्तरित हुने प्रक्रियामा रहेको घोषणा गरेको छ ।

अहिलेकै व्यवस्थामा नयाँ पार्टीमार्फत सामाजिक न्यायका लागि संघर्ष गर्न पार्टीमा रुपन्तरण गर्नुपरेको उनीहरुको भनाइ रहेको छ ।

पार्टीको राष्ट्रिय सम्मेलनका लागि राजधानी बोगोटामा एक हजार २०० पूर्व लडाकूहरु जम्मा भएका थिए । सम्मेलनको प्रतिनिधिको रुपमा आएका उनीहरुले पार्टीको विधान निर्माणसमेत गर्ने भएको छ ।

“यो घटनासँगै फार्क नयाँ पार्टीमा रुपान्तरण हुने प्रक्रिया शुरु भएको छ, यो चाँडै नै वैधानिक रुपमा सक्रिय हुनेछ,” फार्क नेता रोड्रिगो लोन्डोनोले सम्मेलनमा भने ।

“हामी लोकतान्त्रिक राजनीतिक प्रणाली स्थापनाका लागि निरन्तर लड्ने छौँ, यो पार्टीले कोलम्बियामा बस्नेका लागि शान्तिपूर्वक सामाजिक न्याय, मानवअधिकारको सम्मान र आर्थिक विकासका लागि काम गर्नेछ,” टिमोचेन्कोको भनाइ थियो ।

नयाँ पार्टीको नाम ‘कोलम्बियाज् रिभोलुसनरी अल्टरनेटिभ फोर्स’ रहने भएको छ ।

कोलम्बियामा अर्को वर्ष राष्ट्रपतीय निर्वाचन हुन लागेको छ । तर नयाँ पार्टीले सो निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवार उठाउने अपेक्षा भने गरिएको छैन ।

बरु अहिलेकै राष्ट्रपति जोन म्यानुएल सान्तोषकै नेतृत्वको सत्तारुढ दलको उम्मेदवारलाई समर्थन गर्न सक्नेछ ।

कोलम्बियाको अनुदारवादी पक्ष भने अहिलेको शान्ति सम्झौताको विपक्षमा छ । फार्कको सम्मेलन आउँदो सेक्टेम्बर १ सम्ममा नयाँ पार्टी घोषणा गर्दै सम्पन्न गर्ने तयारी गरिएको छ ।

सान्तोष र लोन्डोनोले गत नोभेम्बर २४ मा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । सन् २०१८ मा हुने निर्वाचनसम्मका लागि संसद्मा नयाँ पार्टीका लागि १० सिट दिइएको छ ।

शान्ति सम्झौतापछि कोलम्बियामा झण्डै पाँच दशकदेखि चलेको आन्तरिक द्वन्द्व अन्त्य भएको छ । सो शान्ति सम्झौतालाई गत डिसेम्बरमा संसद्ले अनुमोदन गरेको छ । रासस/सिन्ह्वा

Logo