धर्मगुरु रामरहीमलाई १० वर्षको जेल सजाय

धर्मगुरु रामरहीमलाई १० वर्षको जेल सजाय

केन्द्रबिन्दु
0
Shares

भारत, १२ भदौ ।  बलात्कार मुद्दामा दोषी ठहर गर्दै भारतका धर्मगुरु गुरमीत रामरहीम सिंहलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।  १५ वर्ष पुरानो यौन शोषणको मुद्दामा अदालतले उनलाई दोषी ठहर गर्दै सजाय सुनाएको हो ।सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार नियोजन गराएकोसमेत आरोप लागेको थियो । 

उनलाई अदालतले दोषी ठहर गरेपछि भड्किएको हिंसामा अहिलेसम्म ३८ जनाको ज्यान गएको छ । २ सय जनाभन्दा धेरै घाइते भएका छन् । अदालतले सोमबार सजाय सुनाउनु अघिदेखि नै हरियाणाको सिरसामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित हिंसालाई मध्यनजर गर्दै हरियाणामा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

Logo