अमेरिकामा १२ वर्ष यताको सबैभन्दा ठूलो आँधीबेरी

अमेरिकामा १२ वर्ष यताको सबैभन्दा ठूलो आँधीबेरी

केन्द्रबिन्दु
0
Shares

अमेरिका, १० भदौ । अमेरिकाको टेक्सास राज्यस्थित समुन्द्रतटीय क्षेत्रमा आएको डरलाग्दो आँधीबेरी ‘हुरीकन हार्बी’ ले चालीस लाखभन्दा बढी मानिसहरु प्रभावित भएका छन्  आँधीबेरीका कारण टेक्सासको दक्षिण समुन्द्रतटीय ठूला शहर ह्युष्टन, कर्पस क्रिस्टी, ग्लाबस्टनजस्ता पर्यटकीय क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ।

प्रतिघण्टा एक सय ३० माइलको गतिमा हुरी चलिरहेको र तटीय क्षेत्रमा ३५ इन्च सम्मको वर्षा भएको सम्वद्ध अधिकारीहरुले जनाएका छन्। टेक्सासको महत्वपूर्ण पर्यटकीय क्षेत्र स्यान इन्टिनिओ र टेक्सासको राजधानी अस्टिनसम्म पनि आँधीबेरीको असर परेको छ। कर्पस क्रिष्टी, भिक्टोरियाजस्ता समुन्द्रतटका पर्यटकीय शहरहरु खाली गरिएका छन्।

शनिबार बिहानसम्म आँधीबेरी निरन्तर रहने र त्यसपछि पनि अरु दुई तीन दिन त्यस क्षेत्रमा भारी वर्षा हुने मौसमविदहरुले बताएका छन्। डरलाग्दो मानिने ‘क्याटगोरी–४’ को यो आँधीबेरी अमेरिकामा १२ वर्ष यताको सबैभन्दा ठूलो आँधीबेरी हो। ह्युष्टन लगायत आँधीबेरी प्रभावित क्षेत्रमा करिब २० हजार नेपाली रहेको अनुमान गरिन्छ ।

Logo