शनिबार एकाबिहानै उत्तर कोरियाद्वारा तीन मिसाइल परीक्षण

शनिबार एकाबिहानै उत्तर कोरियाद्वारा तीन मिसाइल परीक्षण

केन्द्रबिन्दु
0
Shares

कोरिया, १० भदौ । उत्तर कोरियाले शनिबार बिहानै तीन वटा मिसाइल परीक्षण गरेको छ । स्थानीय समय अनुसार शनिबार बिहान ६:४९ मा आधा घण्टाभित्र उत्तर कोरियाले छोटो दूरीका तीन क्षेयास्त्र परीक्षण गरेको हो ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्र करिब २५० किलोमिटर दूरी पार गरी विस्फोट भएको थियो । अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डर ‘डेभ बेन्हाम’ले परीक्षण गरिएका मध्ये पहिलो र तेस्रो क्षेप्यास्त्र विफल भएको र दोस्रो क्षेप्यास्त्र मात्रै विस्फोट भएको दावी गरेका छन् ।

केही दिनदेखि अमेरिकी र दक्षिण कोरियाली सेनाले संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । यसलाई उत्तर कोरियाले आफूलाई उक्साउन गरिएको गतिविधिको संज्ञा दिई विरोध जनाइरहेको छ ।

Logo