सामसुङका मालिकलाई ५ बर्ष कैद, के होला कम्पनीको हालत ?

सामसुङका मालिकलाई ५ बर्ष कैद, के होला कम्पनीको हालत ?

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरिया । सामसुङ कम्पनीका मालिक ली जेय योङलाई भ्रष्टाचारको अभियोगमा ५ वर्ष कैद सजाय सुनाइएको छ । ली गत फरबरीदेखि थुनामा राखिएका छन् ।  

पूर्व राष्ट्रपति लीकी साथीको गैरसरकारी संस्थालाई ३ करोड ६० लाख डलर चन्दा दिएको आरोप लीमाथि लगाइएको छ । लीका वकिलले सजायविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । लीविरुद्ध मुद्दा दर्ता गर्दै सरकारी अभियोजनकर्ताहरुले लीलाई १२ वर्ष जेल सजाय हुनुपर्ने माग गरेका थिए । 

अदालतले सामसुङका अरु दुईजना कार्यकारीलाई चार वर्षको जेल सजाय सुनाएको छ । सोही घुषकाण्डका कारण तत्कालिन राष्ट्रपति हेमाथि महाअभियोग लागेको थियो ।

लीले २०१४ देखि सामसुङको नेतृत्व गर्दै आएका छन् ।

Logo