खुट्टाले विमान उडाउने युवती नेपाल आउँदै

खुट्टाले विमान उडाउने युवती नेपाल आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, ९ भदौ । खुट्टाले बिमान उडाउने कुरा सुन्दा झट्ट पत्यार नलाग्ला तर यो साचो हो । बिश्वमा अहिलेसम्म एक जना मात्रै त्यस्ता बिमान चालक छन् जसको दुवै हात छैनन् । जन्मेदेखि नै दुवै हात नभएका उनले तीन वर्षसम्मको अथक प्रयास र तालिमबाट मात्र विमान उडाउन सफल भएकी हुन्।

उनी हुन् जेसिका कक्स जो यो साता नेपाल आउदै छिन् । ह्याण्डीक्याप इन्टरनेशनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग कोष लगायतको निमन्त्रणामा उनी नेपाल आउन लागेकी हुन् । नेपालको अपाङ्गता क्षेत्रमा अभिप्रेरणा र थप जागरुकता सिर्जना गर्न उनलाई नेपाल ल्याउन लागिएको आयोजकले जनाएको छ ।

कक्सले १० अक्टोबर, २००८ मा पाइलटको लाइसेन्स पाएकी थिइन्। उनले बिमान उडाउने मात्र होइन सवारीसाधन गुडाउन पनि लाइसेन्स लिइसकेकी छिन्। अझ अचम्म त के छ भने उनी तेक्वान्दोको ब्याल्कबेल्ट पनि हुन्।

मनोविज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरेकी कक्सको जन्म सन् १९८३ मा अमेरिकाको अरिजोना राज्यमा भएको थियो ।

Logo