रहस्यमी एवं ग्ल्यामर बाबाको अनौठो हर्कत

रहस्यमी एवं ग्ल्यामर बाबाको अनौठो हर्कत

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ९ भदौ ।

अहिले भारतिय मिडिया तताइरहेका छन्, गुरमीत राम रहीमले । उनले साधुमाथि यौन शोषण गरेको आरोप छ । त्यही मुद्दाले अहिले उनको छवी एकपछि अर्को गर्दै उदाङ्गो हुँदैन । ४ सय साधुलाई नपुंशक बनाएको समेत उनीमाथि आरोप छ । 

यी रहस्यमयी गुरु हुन्, जो अरु धर्मगुरुभन्दा बिलकुल फरक छन् । उनी रकस्टार जस्तै छन् । चमत्कारिक छन् । बलिउडकर्मीसँग राम्रो साठगाँठ छ । कहिले उनी सनी लियोनी त कहिले शिल्पा सेट्टीका साथ देखिन्छन् । उनी स्वंमले फिल्म समेत बनाएका छन् । र, खेलेका पनि छन् । 

उनको भक्तहरु आफ्ना गुरुप्रति यति विश्वास गर्छन् कि, उनको बिरुद्ध केहि कुरा पनि उनीहरु सुन्न र मान्न तयार छैनन् । उनीहरु भन्छन्, बाबाले हाम्रो दुख पीडा सबै मेटाइदिएका छन् । साथै रक्सी, मासु लगायत नराम्रो बानीबाट समेत बाबाले छुटकारा दिलाइदिएका छन् भन्छन् । 

– लाखौ भक्तले उनलाई चमत्कारिक मान्छन् । बाबा राम रहीमको सुरक्षामा महिलाहरु समेत खटिएका छन् ।

 – उनीमाथि निजी सेना राखेको आरोप पनि छ । डेरा सच्चा सौदाको कुना काप्चामा सेना तैनाथ छन् । 

– यी बाबाको पहिरन शैली र स्टाइल निकै ग्ल्यामरस छ । 

– डेरासँग जोडिएका हरेक कुराको नाम सच शब्दबाट सुरु हुन्छ । चाहे त्यो अखबार होस् वा अरु कुरा नै । 

– उनको आश्रम सिरसामा सैयौं एकडमा बनेको छ । ट्रस्टको एक मार्केट पनि छ, जसमा सबै पसलको नाम सचबाट सुरु हुन्छ ।

 – यहाँ हार्डवेयर, मेडिकल, पेट्रोल पम्प, स्कुल, रेष्टुरेन्ट, अनाथ युवतीका लागि वासस्थान र तीन अस्पताल पनि छ ।

 – देश विदेशका राम रहिका करोडौं भक्त छन् । ठूला ठूला हस्ती समेत उनको पछि लागेका छन् । 

– उनको आश्रम ६८ बर्षदेखि चालु छ । 

– अभिनेता तथा गुरु राम रहीको जन्म राजस्थानको गंगानगर नजिकैको एक गाउँमा भएको हो । 

Logo