अब ‘तीन तलाक’ भनेर सम्बन्ध विच्छेद गर्न नपाइने

अब ‘तीन तलाक’ भनेर सम्बन्ध विच्छेद गर्न नपाइने

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली, ७ भदौ ।

भारतको एक उच्च अदालतले भारतीय मुस्लिम समुदायका पुरुषले विवाह र सम्बन्ध–विच्छेदका सम्बन्धमा गर्ने गरेको एक विवादास्पद निर्णयलाई खारेज गरिदिएको छ ।

यस समुदायका पुरुषले तीन पटकसम्म ‘तलाक, तलाक, तलाक’ शब्द प्रयोग गरेपछि आफ्नी श्रीमतीसँग अलग हुने र सम्बन्ध–विच्छेद नै गर्न पाउने धार्मिक मान्यता रही आएको थियो । भारतमा यो १४०० वर्ष पुरानो धार्मिक अभ्यास हो ।

यसलाई उनीहरुले कानुनी मान्यताकै रूपमा पनि अभ्यास गर्दै आएका थिए । तर मंगलबार उक्त प्रावधानलाई अदालतले खारेज गरिदिएको छ ।

भारतीय सर्वोच्च अदालतको आजको इजलासले यसरी तीन पटकसम्म तलाक भनर श्रीमतीलाई तुरुन्तै सम्बन्ध–विच्छेद गर्न पाउने गरी गरिएको यो अभ्यास धार्मिक हिसाबले गरिएको पनि होइन र यसले भारतीय संविधानको पनि उल्लङ्घन गरेको फैसला सुनाएको छ ।

आजको उक्त फैसलामा पाँच न्यायाधीश थिए । ती पाँच न्यायाधीश पाँच धर्म क्रमशः हिन्दू, मुस्लिम (इस्लाम), सिख, क्रिश्चियन र जोरोआस्त्रानियम धर्मका थिए ।

उनीहरूले विगत लामो समयदेखि गहन अध्ययन गरी उक्त पैmसला सुनाएको बताइएको छ । उनीहरूले एकतर्फी रूपमा पुरुषले मात्र सम्बन्ध–विच्छेद गर्न पाउने गरी गरिएको यो अभ्यासले महिलामाथि हिंसा नै गरेको ठहर गरेको छ ।

उक्त फैसलामा भनिएको छ– पाप के हो भन्ने धार्मिक आश्थामा लेखिएका वा भएका कुरा कानुनको आँखामा मान्य नहुन पनि सक्छन् ।

विवादास्पद निर्णयलाई उच्च अदालतले गरेको खारेजलाई एक ऐतिहासिक निर्णय भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ट्वीटरमार्फत बताएका छन् । उनले गरेको ट्वीटमा ट्रिपल तलाकसम्बन्धी यो फैसला ऐतिहासिक भएको बताएका छन् ।

यसले फैसलाले मुस्लिम महिलाहलाई समानताको अधिकार दिएको र महिला सशक्तीकरणको दिशातर्फ यो मजबुत कदम भएको पनि मोदीले बताएका छन् ।
तीन तलाकसम्बन्धी रिट १८ महिनापहिला अदालतमा दायर भएको थियो । रासस/एएफपी

Logo