बार्सिलोना आक्रमणका मुख्य योजनाकारको प्रहरी कारबाहीमा मृत्यु

बार्सिलोना आक्रमणका मुख्य योजनाकारको प्रहरी कारबाहीमा मृत्यु

केन्द्रबिन्दु
0
Shares

बार्सिलोना, ७ भदौ ।

स्पेनको प्रहरीले बार्सिलोना आक्रमणका मुख्य संदिग्ध युनेस अबुयाकुब सुरक्षा कारबाहीमा मारिएको बताएको छ ।

गत बिहीबार लस र्याम्ब्लसमा मानिसहरूमाथि भ्यान जोताउने उनी नै भएको स्पेनको प्रहरीको विश्वास छ ।

उक्त आक्रमणमा १३ जनाको ज्यान गएको थियो भने १०० जनाभन्दा बढी घाइते भएका थिए ।

बार्सिलोनादेखि ४० किलोमिटर पश्चिममा एउटा फोहोर प्रशोधन केन्द्र नजिक गोप्य सूचनापछि उनलाई गोली हानिएको प्रहरीले जनाएको छ ।

नक्कली विस्फोटक ‘बेल्ट’ लगाएका अबुयाकुब अरेबिकमा ’ईश्वर महान् हन्’ भन्दै चिच्याएका थिए ।

सुबीराट्स क्षेत्रलाई घेराउ गरी सुरक्षाकर्मीले संदिग्धको व्यापक खोजी गरिरहेको थियो । रासस/एएफपी

Logo