अफगानिस्तानबाट सेना फिर्ता हतार हुनसक्छ– राष्ट्रपति ट्रम्प

अफगानिस्तानबाट सेना फिर्ता हतार हुनसक्छ– राष्ट्रपति ट्रम्प

केन्द्रबिन्दु
0
Shares

वासिङ्टन, ६ भदौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताएका छन् ।

उनले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउँदा त्यहाँ सुरक्षाको कमी आउने र त्यसमा इस्लामिक स्टेटले खेल्न पाउने अवस्था आउने बताए ।

अमेरिकी विदेश नीतिसम्बन्धी एक महत्वपूर्ण सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले उक्त कुरा बताएका हुन् ।

अफगानिस्तानमा रहेका अमेरिकी सेनालाई अहिले नै फिर्ता गर्न खोज्नुले तालिबानहरूको मनोबल बढ्न पनि सक्नेतिर सचेत रहनेतर्फ पनि सोच्नुपर्नेमा उनले सो सम्बोधनका क्रममा जोड दिएका हुन् ।

यसअघि अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता बोलाउनुपर्ने पक्षमा आफू रहेको स्वीकार गर्दै उनले तर अबको विकसित परिस्थितिमा भने नयाँ ढंगले सोच्नुपर्नेमा उनले जोड दिए ।

हाल अफगानिस्तानमा ८ हजार ४०० अमेरिकी सैनिक छन् । त्यस्तै अन्य ५ हजार नेटोआबद्ध अन्य देशका सेना पठाइने पनि ट्रम्पले बताएका छन् ।

शुक्रबार क्याम्प डेभिडमा भएको सुरक्षा अधिकारीहरूसँगको बैठकपछि उनले आवश्यक परेमा बरु अमेरिकी सेना नै थप्न सकिने पनि बताएका थिए । तर ती सैन्य के कति सङ्ख्यामा थपिने हुन भन्ने बारेमा बारेमा भने केही बताइएको छैन । रासस/सिन्ह्वा

Logo