नयाँ दिल्ली, ५ भदौ ।

भारतीय पूर्वी राज्य विहारमा जारी बाढीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २५३ पुगेको छ । "/>

विहारमा बाढीपहिरोबाट २५३ र सिएरा लियोन पहिरोले ४९९ मृत्यु

विहारमा बाढीपहिरोबाट २५३ र सिएरा लियोन पहिरोले ४९९ मृत्यु

केन्द्रबिन्दु
0
Shares

 

नयाँ दिल्ली, ५ भदौ ।

भारतीय पूर्वी राज्य विहारमा जारी बाढीको प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २५३ पुगेको छ । 

बाढीको कारण थप इलाका पनि डुबानमा परेका पछिल्लो समाचारमा जनाइएको छ । यसैसँग सम्बन्धित घटनामा परी २५३ को मृत्यु भएको राज्यका एक अधिकारीले जानकारी दिएका छन् । 

अधिकारीका अनुसार विहार राज्यको १८ वटा जिल्लाका एक करोड ३० लाख नागरिक बाढीको कारण प्रभावित भएका छन् । 

विहारका प्रमुख नदीहरु कोशी, महानन्दा, बागमती र गङ्गामा पानीको सतह बढेका कारण बाढीको प्रकोप फैलिएको हो । 

सो बाढीबाट सात लाख हेक्टर खेतीयोग्य जमिन पनि नष्ट भएको छ । त्यसैगरी २० हजार झुपडी पनि बाढीले बगाएको छ ।

सिएरा लियोन पहिरो : सात दिन शोकको घोषणा

सिएरा लियोनमा अगस्त १४ गते परेको व्यापक बर्षापछि गएको पहिरो र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९९ पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । 

पहिरो र बाढीका कारण अझै ६५० जना वेपत्ता भइरहेका बताइएको छ । 

मृतकमध्ये १६३ पुरुष, १६२ जना महिला, ७० जना बालक र ८६ जना बालिका तथा १८ जना अन्य रहेको आवाको पत्रिकाले जनाएको छ । 

बाढी र पहिरोका कारण दुई हजार नागरिक घरवार विहीन बनेका छन् । सिएरा लियोनका राष्ट्रपति अर्नेस्ट बाइ कोरोमाले बिहीबार मुलुकभर सात दिन शोकको घोषणा गर्नुभएको छ । 

चीन तथा घाना तथा अन्य देशबाट मानवीय सहयोगका विभिन्न समूह घटनास्थल पुगेका छन् । रासस/सिन्ह्वा  

Logo