कङ्गोमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या सय पुग्यो

कङ्गोमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या सय पुग्यो

केन्द्रबिन्दु
14
Shares

 कङगो, २ भदौ । कंगोमा गएको पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या एक सयभन्दा बढी पुगेको छ । 

स्थानीय तोरा भन्ने ठाउँमा गएको पहिरोका कारण बिहीबार ४० जनाको मात्रै मृत्यु भएको र अरू एक सय जना हराइरहेको खवर सार्वजनिक भएको थियो । कंगोको उत्तरपूर्बी क्षेत्रमा पर्ने इटुरी प्रान्तको लेक अल्बर्ट नजिकै भएको घटनामा परी मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । 

अहिले सम्म मृत्यु हुनेहरुको सङ्ख्या एक सय नाघेको प्रान्तीय उपप्रमुखले जानकारी दिएका छन्।  उनले घाइतेहरूलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको र हराइरहेकाहरूको खोजी भइरहेको बताए  । पहिरोले प्रभावित गाँउका केही व्यक्तिहरू अहिले पनि सम्पर्कविहीन भएको र केही जीवितै भेटिएको स्थानीयले बताएका छन् । 

पहिरो प्रभावित गाउँ लेक अल्बर्ट नजिकै पर्दछ । तलाउ र पहाडको बीचमा भएकाले त्यस गाउँमा यसअघि पनि पटक पटक पहिरो जाने गरेको समाचारमा जनाइएको छ । रातभर भीषण बर्षा भएपछि पहिरो गएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । रासस/सिन्ह्वा

Logo