भारतले किन्दैछ शक्तिशाली अपाचे युद्ध हेलिकोप्टर

भारतले किन्दैछ शक्तिशाली अपाचे युद्ध हेलिकोप्टर

केन्द्रबिन्दु
0
Shares

 नयाँ दिल्ली, २ भदौ ।

भारतले अमेरिकासित ६ वटा विशालकाय बोइङ AH–64E अपाचे अट्याक हेलिकोप्टर किन्ने भएको छ । यसअघि नै भारतले २२ वटा लडाकू हेलिकोप्टर खरिद प्रक्रिया अगाडि बढाइसकेको छ । भारतीय रक्षा मन्त्रालयको सबैभन्दा माथिल्लो निर्णायक संस्था ‘डिफेन्स एक्विजिसन काउन्सिल’ ले उक्त अपाचे हेलिकोप्टर किन्ने परियोजनालाई स्वीकृति दिएको हो । यी ६ वटा हेलिकोप्टर किन्दा भारु करिब ४१६८ रुपैयाँ खर्च हुनेछ ।

भारतीय रक्षा मन्त्रालयका सूत्रहरूका अनुसार अपाचे हेलिकोप्टर किन्न सेनाले नै मन्त्रालयसित अनुरोध गरेको थियो । सेनाले ११ वटा अपाचे हेलिकोप्टर किन्ने अनुरोध गरेको भए पनि रक्षा मन्त्रालयको वित्तीय समितिले ६ वटा मात्र किन्ने स्वीकृति दिएको हो ।

यसअघि सेप्टेम्बर २०१५ मा रक्षा मन्त्रालयले २.२ अर्ब डलर लागतमा २२ वटा अपाचे हेलिकोप्टरको पहिलो चरणको खरिद प्रक्रियालाई स्वीकृति दिएको थियो । भारतीय वायुसेनाको योजना यी अत्याधुनिक एवं सशक्त आक्रामक अपाचे हेलिकोप्टरलाई पाकिस्तान र चीनको सीमामा तैनाथ गर्ने योजना छ । यसबाट भारतको वायुुसेनाको शक्तिमा निकै वृद्धि हुनेछ ।

भारतले यस एएएच–६४ई अपाचे हेलिकोप्टरसँगै अमेरिकासित सम्बद्ध उपकरण, स्पेयर पार्ट्स, प्रशिक्षण एवं गोलाबारुद पनि किन्नेछ ।

भारतीय रक्षा सूत्रहरूका अनुसार, सुरक्षाको दृष्टिकोणले संवेदनशील पंजाबको पठानकोट एअरबेस र आसामको जोरहट बेसमा अपाचे तैनाथ गरिने योजना छ ।

बोइङ एएच–६४ई अपाचे हेलिकोप्टर अमेरिकाको दुईवटा टर्बोशाफ्ट इन्जिन र चारवटा बलेड भएको अट्याक हेलिकोप्टर हो । आफ्नो अग्रभागमा रहेको सेंसरको सहयोगले यस हेलिकोप्टरले रातीमा पनि उडान भर्न सक्छ । यसको पहिलो उडान ३० सेप्टेम्बर १९७५ मा भएको थियो ।

एएच–६४ई अपाचे हेलिकोप्टर युद्धहरूमा संसारमा सबैभन्दा बढी प्रयोग हुने/गरिने अट्याक हेलिकोप्टर हो । (एजेन्सी)

Logo