बार्सिलोनामा भएको आतंककारी हमलाको सर्वत्र निन्दा

बार्सिलोनामा भएको आतंककारी हमलाको सर्वत्र निन्दा

केन्द्रबिन्दु
0
Shares

बार्सिलोना, २ भदौ । स्पेनको बार्सिलोना सहरमा बिहीबार अपरान्ह भएको आतंकारी हमलाको सर्वत्र निन्दा गरिएको छ ।

उक्त हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । उक्त शक्तिशाली हमलामा परी अरु पनि करिब १ सय जना सख्त घाइते भएको बताइन्छ ।

भ्यानमा आएका आक्रमणकारीको आक्रमणमा परेर सर्वसाधारणको ज्यान गएको एकजना स्पेनिस अधिकारीले जानकारी दिए । स्पेनका गृहमन्त्री जोकिम फोर्नले भने – यो घटना आतंकारी नै हो, यसमा संलग्नहरुको पहिचानको खोजी हामीले गरिरहेका छौं ।

बिहीबार अपरान्ह पाँच बजे उक्त सहरमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको स्थानमा भ्यान ठोक्काई आक्रमण गरिएको थियो ।

स्पेनमा लामो समयपछिको यो ठूलो हिंसात्मक आक्रमण हो । सन् २००४ पछि स्पेनमा भएको यो पहिलो हिंसात्मक हमला हो । यो आक्रमणको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएका छैनन् ।

यसैबीच उक्त आक्रमणको विश्वव्यापी रुपमा निन्दा गरिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आतंकारी आक्रमणमा १३ जनाको ज्यान लिने काम मानवता विरोधी जघन्य अपराध हो भने । त्यसैगरी क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रयुडेउले पनि सो आतंकारी हमलाको निन्दा गरेका छन् ।

Logo