यी व्यक्तिको कारण टरेको थियो, तेस्रो विश्व युद्ध 

यी व्यक्तिको कारण टरेको थियो, तेस्रो विश्व युद्ध 

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । 
अहिले शक्ति राष्ट्रहरुबीच दुश्मनी बढ्दो छ । महाशक्ति अमेरिका र उत्तर कोरियाको दुश्मनी आलो बनेको छ । उनीहरू एकअर्कालाई थर्काउन लागिपरेका छन् । यता उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतबीचको सम्बन्ध पनि चिसिएको छ । दुवैको दम्भले युद्धको त्रास फैलाइरहेको छ । 

शक्ति राष्ट्रहरूको बढ्दो दुश्मनीका कारण कतै ठुलै मूल्य चुकाउनुपर्ने अवस्था त आउँदैन ? संशय पैदा भएको छ । यसै मेसोमा यहाँ एउटा प्रसंग उल्लेख गरिएको छ, जो तेस्रो विश्वयुद्धसँग सम्बन्धित छ । 

तेस्रो विश्वयुद्ध भएन । तर, निहुँ भने निस्किसकेको थियो । अमेरिका र रुसबीच एटमिक मिसाइल युद्धको क्रम सुरु भइसकेको थियो । यसैबीच एउटा व्यक्तिका कारण उक्त युद्ध रोकियो । भनिन्छ, त्यसैले तेस्रो विश्वयुद्धको भय टरेको हो । ती व्यक्ति हुन्, फिडेल क्यास्ट्रो । 

फिडेल क्यास्ट्रोको निधन भएको १ वर्ष पनि पुगेको छैन । क्युबाका पूर्व राष्ट्रपति उनलाई कम्युनिस्ट क्युबाको जनक मानिन्छ । फिडेल अमेरिकाका कट्टर दुश्मन हुन् ।

खासमा उनी वकिल थिए । तर, तत्कालीन राष्ट्रपति बाटिस्टाको तानाशाहीले उनमा विद्रोह पैदा गर्यो । अन्ततः फिडेलले सशस्त्र क्रान्ति सुरु गरे । लामो संर्घषपछि उनले तानाशाहीलाई ढाले र सत्ताको बागडोर आफ्नो हातमा लिए । यसपछि नै हो उनी अमेरिकाको कट्टर दुश्मन बनेको । 

अमेरिकाले उनलाई झुकाउन हर प्रयास गर्यो । तर, उनले अमेरिकाको दादागिरी सामु कहिल्यै शिर निहुराएनन् । जस्तोसुकै संकटमा पनि डटिरहे । 

– सन् १९६२ मा शीत युद्धको क्रममा रुस र अमेरिका आमने–सामने भएका थिए । परमाणु शक्तिमा अमेरिका रुसभन्दा केही तगडा थियो । 

– यही कारण अमेरिकाले केही एटमिक मिसाइल सोभियत युनियनमा खसाएको थियो । तर, रुसको मिसाइलको रेन्ज अमेरिकासम्म पुग्ने थिएन । त्यही कारण रुसले क्युबासँग सहयोग माग्यो । 

– क्यास्ट्रोले तुरुन्तै सोभियत युनियनलाई आफ्नो आइल्यान्डमा परमाणु मिसाइल तैनाथ गर्नका लागि अनुमति दिए । 

– सोभियत युनियनले जहाँ आफ्नो परमाणु मिसायल तैनाथ गरेको थियो, त्यहाँबाट अमेरिका केवल १ सय ४५ किलोमिटरको दूरीमा थियो । 

– यसपछि अमेरिकाले एटमिक मिसाइलको आक्रमण गर्न सकेन । यस कदमले पश्चिमा देश थर्कमान भए ।

– आखिर दुवै देशले आ–आफ्ना एटमिक मिसाइल हटाउने सहमति गरे । र, तेस्रो विश्व युद्धको निहुँ समाप्त भयो । 

– सोभियत युनियनले यसको श्रेय फिडेल क्यास्ट्रोलाई दिएको थियो । 

जब देशमा यस्तो संकट पैदा भयो 

क्युबा पेट्रोलियम पदार्थका लागि सोभियन युनियनसँग निर्भर थियो । क्युबा र सोभियत दुवै अमेरिकाका एक नम्बर दुश्मन । क्युबा र सोभियत युनियनबीच एकदमै घनिष्ठता थियो । तर, १९९१ म सोभियत युनियनको विघटन भयो । त्यसरी टुक्रिएको देशमध्ये कतिले अमेरिकालाई समर्थन गर्न थाल्यो । अमेरिकाको इशारामा उनीहरूले क्युबामा पेट्रोल आपूर्ति बन्द गरिदियो । रुससँग त्यति धेरै पेट्रोल थिएन जसले क्युबाको खाँचो टार्न सकोस् । 

क्यास्ट्रोले देशका जनतासँग सहयोग मागे । उनले जनतालाई साइकल प्रयोग गर्न आग्रह गरे । चीनबाट अढाइ लाख साइकल खरिद गरियो । यसका साथै बस र ट्रकको लम्बाइ बढाइयो । ग्रामीण क्षेत्रमा घोडा, ऊँट आदिको प्रयोगलाई जोड दिइयो । यही कारण देशमा पेट्रोलको माग पूरै घट्यो । र, मुलुकले पेट्रोलको अभाव झेल्नु परेन । 

हरित क्रान्ति 

अमेरिकाले क्युबामाथि केही प्रतिवन्ध लगाएको थियो । साथै विश्वका अधिकांश देश अमेरिका समर्थक थिए । यस्तो अवस्थामा कति देशले क्युबासँग व्यापारिक सम्बन्ध तोडे । र, देशमा खाद्य संकट सुरु भयो । फिडेल क्यास्ट्रोले यस समस्याबाट उम्कनका लागि हरित क्रान्तिको अभियान छेडे । देशका सबै जनतालाई अपिल गरे– कत्ति पनि जग्गा खाली नराखी खेतीबाली लगाउने । जैविक खेती गरियो । सब्जी र अन्य उत्पादनमा जोड दिइयो । यसले गर्दा क्युबामा अन्न उपज दोब्बर बढी उत्पादन भयो । यही हरित क्रान्तिले गर्दा क्युबामा अन्न र सब्जीको उत्पादन देशको आवश्यकताभन्दा पनि तीन गुणाले बढ्यो ।
 
नौ अमेरिकी राष्ट्रपतिको भन्दा लामो राज 

सिआइएको हत्या प्रयास, अमेरिकी समर्थित देशको प्रतिबन्ध र कतिपय स्थानमा जान नपाउने व्यवस्थाका बीच पनि फिडेल क्यास्ट्रो टिकिरहे । कतिसम्म भने, अमेरिकामा ९ जना राष्ट्रपति फेरिँदासम्म फिडेल क्यास्ट्रोको राज चलिरह्यो । 

लामो भाषणमा विश्व किर्तिमान 
फिडेल क्यास्ट्रोको नाममा एक कीर्तिमान छ, गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा । यो रेकर्ड उनले भाषण गरेर बनाएका थिए । २९ सेप्टेम्बर १९६० मा उनले संयुक्त राष्ट्र संघमा ४ घण्टा २९ मिनेट लामो भाषण गरेका थिए । उनले ७ घण्टा १० मिनेटको सबैभन्दा लामो भाषण क्युबामा गरे, सन् १९८६ मा । (एजेन्सी)

Logo