आज भारतमा स्वतन्त्रता दिवस मनाइँदै : ‘सुरक्षा प्रमुख प्राथमिकता’

आज भारतमा स्वतन्त्रता दिवस मनाइँदै : ‘सुरक्षा प्रमुख प्राथमिकता’

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली, ३१ साउन ।

भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार स्वतन्त्रता दिवस मनाइएको छ । यस अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट देशवासीका नाममा सम्बोधन गरे । स्वतन्त्रता दिवस मनाउन लाल किल्ला र त्यस क्षे वरिपरि हजारौं नागरिक जम्मा भएका थिए ।

आफ्नो सम्बोधन क्रममा प्रधानमन्त्री मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा रहेको बताउँदै नागरिकको सुरक्षाका लागि वर्तमान सरकार सबैभन्दा बढी चिन्तित भएको बताए । मोदीले भने, ‘न गालीबाट र न गोलीबाट, बरु काश्मीरी समस्या समाधान हुनेछ गले मिलेर’

प्रधानमन्त्री मोदीले भारतको विपक्षमा लाग्ने र भारतीय भूमिमा असुरक्षा मच्चाउन प्रयास गर्ने जो सुकै विदेशी होस वा स्वदेशीलाई पनि भारतले नछोड्ने बताए । त्यस्तो शक्तिका विरुद्धमा लडन् भारत पूरै सक्षम रहेको उनले बताए ।

भारतका मिडियाहरूले चीन र भारतका बीचमा पछिल्लो समयमा सीमा क्षेत्रमा तनाव बढिरहेको भनिएका बेला उनको यो अभिव्यक्ति आएको भनी टिप्पणी गरेका छन् ।

भारतले आज आफ्नो ७० औँ स्वतन्त्रता दिवस मनाउन लागेको हो । यसका लागि भारतका विभिन्न क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको समाचार छ ।

समुद्र होस वा सीमा, साइबर होस वा अन्तरिक्ष जुनसुकै हिसाबले पनि हामी सक्षम छौँ र जुनसुकैका विरुद्धमा पनि हामी लडन् सक्छौँ– प्रधानमन्त्री मोदीले सम्बोधनका क्रममा भने ।

उनको यस अभिव्यक्तिलाई हाल चीनसँग भएको भनिएको विवादका बीच दिएको र उक्त सम्बोधन चीनतर्फ पन लक्षित रहेको अर्थ लगाएको केही विश्लेषकहरूको दावी छ ।

पाकिस्तानसँग पनि सन् १९४७ देखि नै भारतको सीमा विवाद रही आएको छ जसका कारण पाकिस्तानसँग पनि भारतले तीनपटक युद्ध गरिसकेको छ ।

भारतले पाकिस्तानलाई आतङ्ककारीहरु आफ्नो देशतर्फ पठाएको आरोप लगाउने गरेको छ । तर यसलाई पाकिस्तानले भने स्वीकारेको छैन ।

भारतमा कडा सुरक्षा व्यवस्था
यसैबीच भारतको यस स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको समाचार छ ।

नयाँ दिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको भारतको नयाँ दिल्लीबाट विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

नयाँ दिल्ली गेट वरिपरि लालकिल्लालगायतका क्षेत्रमा पनि सुरक्षाको कडा प्रबन्ध गरिएको छ । लालकिल्लाबाट प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने विशेष कार्यक्रम रहेकोले पनि उक्त क्षेत्रको सुरक्षामा खास ध्यान दिइएको थियो ।

प्रहरीको विशेष कमाण्डो फोर्सका साथै अन्य सुरक्षा निकायका अधिकारीलाई ती क्षेत्रमा उच्च सतर्कताका साथ खटाइएको र स्वतन्त्रता विशेष समारोहको समापन अर्थात् आज रातिसम्म नै नयाँ दिल्लीमा यस्तो सुरक्षा व्यवस्था कायम रहने अधिकारीहरुले जनाएका छन् ।

भारत सन् १९४७ को अगस्ट १५ मा बेलायतको औपनिवेशिक शासनबाट स्वतन्त्र भएको थियो । बेलायती शासनबाट स्वतन्त्र भएको दिन अगस्ट १५ लाई भारतले स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ ।

भारतीय स्वतन्त्रताको अघिल्लो दिन अर्थात् अगस्ट १४ मा पाकिस्तान पनि भारतबाट अलग्गिएर अलग्गै राष्ट्र बनेको थियो । पाकिस्तानले सोमबार नै स्वतन्त्रता दिवस मनाएको छ । रासस/एएफपी

Logo