स्वतन्त्रता दिवसको पूर्वसंध्यामा भारतमा उच्च सुरक्षा

स्वतन्त्रता दिवसको पूर्वसंध्यामा भारतमा उच्च सुरक्षा

केन्द्रबिन्दु
0
Shares

नयाँ दिल्ली, ३० साउन । भारतको स्वतन्त्रता दिवसको अघिल्लो दिन सोमबार भारतीय राजधानी नयाँ दिल्लीमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार छ । 

भारतको राजधानी नयाँ दिल्लीमा सोमबार उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् । 

उनीहरुका अनुसार भारतको भोलि मनाइने स्वतन्त्रता दिवसको अघिल्लो दिन हुनसक्ने सम्भावित सुरक्षा खतरालाई ध्यानमा राखी यो सतर्कता अपनाइएको बताइएको छ । 

नयाँ दिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको प्राप्त समाचरमा उल्लेख छ । 

त्यसैगरी नयाँ दिल्ली गेट वरिपरिको रेडफट क्षेत्रमा पनि सुरक्षा कडा पारिएको छ । सो क्षेत्रबाट नै प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सम्बोधन गर्नुहुने विशेष कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री मोदीले मङ्गलबार स्वतन्त्रता दिवसको अवसर पारेर देशबासीका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । 

प्रहरीको विशेष कमाण्डो फोर्सका साथै अन्य सुरक्षा निकायका अधिकारीलाई ती क्षेत्रमा उच्च सतर्कताका साथ खटाइएको र स्वतन्त्रता विशेष समारोहको समापनसम्म नै नयाँ दिल्लीमा यस्तो सुरक्षा व्यवस्था कायम रहने अधिकारीहरुले जनाएका छन् । 

भारत सन् १९४७ को अगष्ट १५ मा बेलायती शासनबाट स्वतन्त्र भएको थियो । बेलायती शासनबाट स्वतन्त्र भएको दिन अगष्ट १५ लाई भारतले स्वतन्त्रता दिवसका रुपमा मनाउदै आएको छ । 

भारतको अघिल्लो दिन अर्थात अगष्ट १४ मा पाकिस्तान भारतबाट अलग्गिएर अलग्गै राष्ट्र बनेको थियो । पाकिस्तानले सोमबार नै स्वतन्त्रता दिवस मनाएको छ । रासस/सिन्ह्वा 

Logo