परमाणु हतियार राख्न पाकिस्तान भूमिगत गोदाम बनाउँदै : अमेरिकी थिङ्क ट्याङ्क

परमाणु हतियार राख्न पाकिस्तान भूमिगत गोदाम बनाउँदै : अमेरिकी थिङ्क ट्याङ्क

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । २७ साउन ।

एक अमेरिकी थिङ्क टयाङ्कले जनाएअनुसार, पाकिस्तानले आफ्नो दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा एउटा भूमिगत गोदामको निर्माण गरिरहेको छ जुन गोदाममा परमाणु हतियार राख्न सकिनेछ ।

दि इन्स्टिट्युट फर साइन्स एन्ड इन्टरनेसनल सेक्युरिटी संस्थाले गत बुधबार स्याटेलाइट तस्बिर र जाँचबुझपछि यो बयान जारी गरेको हो ।

संस्थाले जनाएअनुसार, पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्तमा बनाइँदै गरेको यस भूमिगत गोदाममा परमाण्नु हतियारका साथै ब्यालिस्टिक मिसाइल पनि राख्न सकिनेछ । संस्थाको यो रिपोर्ट डेभिड अलब्राइट, सारा बर्कहार्ड, एलिसन ल्याच र प्रैmन्स पैबियनले तयार पारेका हुन् । यी प्रप्तवेदन लेखकहरूले यसरी भूमिगत गोदाम बनाउनुको उद्देश्य परमाणु युद्धको अवस्थामा पाकिस्तानलाई बलियो बनाउने हुनसक्छ ।

पाकिस्तान सरकारले भने अहिलेसम्म आधिकारिक तवरले यस्तो कुनै पनि गोदाम बनाउन लागेको घोषणा गरेको छैन ।

उक्त रिपोर्टअनुसार, पाकिस्तानी सेना परमाणु हतियारको प्रयोगका लागि मिसाइलको प्रयोग सर्वश्रेष्ठ माध्यम हुने विश्वास गर्दछ । यसकारण पनि यो गोदामको आकार–प्रकार देख्दा यही लाग्छ, पाकिस्तान आफ्ना परमाणु हतियारको एउटा ठुलै हिस्सा यही गोदाममा राख्नेवाला छ ।

बलुचिस्तानमा विगत लामो समयदेखि एउटा समूह पाकिस्तानबाट पृथक स्वतन्त्र राज्यको माग गर्दै आइरहेको छ । त्यसकारण यस क्षेत्रमा परमाणु हथियार भण्डारण गर्नु जोखिमपूर्ण हुनसक्छ ।

तर पाकिस्तानको पहिलो प्राथमिकता यी हतियारलाई पहाडी क्षेत्रमा कुनै सुरक्षित स्थानमा लुकाएर राख्ने हो जहाँ भारत अथवा अन्य कुनै छिमेकी देशहरूको पहुँच यी हतियारसम्म हुन नसकोस् ।

प्रतिवेदनअनुसार, यस गोदाममा तीनवटा अलग–अलग प्रवेश द्वार छन् । गोदाममा अलग्गै ढंगले एउटा सपोर्ट एरिया (सहयोगी मार्ग) पनि बनाइएको छ जसको प्रवेश द्वार नै कति ठुलो छ भने त्यसबाट संसारकै सबैभन्दा ठुलो विमान नै पनि भित्र आउनजान सक्छ ।

सन् २०१२ सम्म यस परिसरको सुरक्षा सामान्य किसिमले व्यवस्थापन गरिएको थियो तर अचेल भने यसको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । यस परिसरमा ठाउँठाउँमा एन्टी–एअरक्राफ्ट गन तैनाथ छन् ।

पाकिस्तान र भारतबीच आतंकवादी घुसपैठको विषयलाई लिएर पछिल्लो एक वर्षदेखि तनावको अवस्था छ । भारत प्रशासित क्षेत्र जम्मु–काश्मीरमा आतंकवादीहरूलाई सहयोग गर्ने गरेको आरोप पाकिस्तानमाथि निरन्तर लाग्दै आएको छ ।

हालै मात्र पाकिस्तानमा बसोबास गरिरहेका अनेकौं आतंकवादीहरूलाई अमेरिकाले ‘अन्तर्राष्ट्रिय आतंकवादी’ घोषित गरेको छ । (एजेन्सी)

Logo