स्वामी ओम पक्राउ

स्वामी ओम पक्राउ

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ साउन ।

दिल्ली प्रहरीले स्वामी ओमजी महाराजलाई पक्राउ गरेको छ । ‘बिग बोस’ फेम स्वामीमाथि चोरी अरोप छ । साथै उनले एक घरभित्र छिरेर जबरजस्ती हतियार लुकाएको बताइन्छ । ९ बर्षअघि स्वामीले आफ्नै भाईको पसलबाट साइकल लगायत केहि दस्तावेज चोरेका थिए । त्यही आरोपमा उनलाई पक्राउ गरिएको हो ।

स्वामी ओम ‘बिग बोस’को पछिल्लो संस्करणबाट चर्चामा आएका थिए । हुन त त्यसअघि पनि उनीको बदनामीले सीमा नाघेको थियो । बिग बोसमा समेत उनले आफ्नो हर्कत दोहोर्याए । आफ्नै सहकर्मीमाथि स्वामीले पिसाब फ्याकेका थिए । त्यसपछि उनलाई बिग बोसबाट बाहिर निकालियो ।

बिग बोसबाट बाहिरिएपछि पनि स्वामी ओमले कार्यक्रम संचालक अभिनेता सलमान खानलाई गाली गरेका थिए ।

 

Logo