पाकिस्तानमा नयाँ प्रधानमन्त्री नवाजकै भाइ सब्बाज

पाकिस्तानमा नयाँ प्रधानमन्त्री नवाजकै भाइ सब्बाज

केन्द्रबिन्दु
0
Shares

इस्लामाबाद, १५ साउन । पाकिस्तानको संसद्मा आउदो मङ्गलबार नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन हुने भएको छ । 

पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उहाँले राजीनामा दिनु भएकाले नयाँ प्रधानमन्त्री चयन गर्न लागिएको हो । 

सत्तारुढ दलले पूर्वप्रधानमन्त्री सरिफकै भाइ सब्बाजलाई सरिफको स्थानमा पहिला सांसदमा मनोनित गरी मङ्गलबार प्रधानमन्त्रीको लागि उम्मेदवार बनाइने छ । 

अन्तरिमकालका लागि पाकिस्तान मुस्लीम लिग (नवाज)का सांसद तथा पूर्व तेल मन्त्री सहिद खाक्वान अब्बासीलाई अन्तरिम प्रधानमन्त्रीका रुपमा नियुक्त गरिएको छ । 

अदालतले भ्रष्टाचारसम्बन्धी अभियोगमा अनुसन्धान गर्दा दोषी ठहर गरेर शुक्रबार सरिफको पदमुक्तिको फैसला गरेको थियो । यो फैसलासँगै उहाँको तेस्रो कार्यकाल सकिएको छ । 

संसद्मा स्थानीय समय अनुसार सोमबार दिउसो २ः०० बजे उम्मेदबारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको संसद् सचिवालयले एफएफपीलाई जानकारी दिएको छ । 

त्यसपछि मङ्गलबार दिउसो ३ः०० बजे प्रधानमन्त्रीको निर्वाचन हुने पनि सचिवालयले जनाएको छ । 

मुलुकको सबैभन्दा धेरै जनसङ्ख्या भएको पञ्जाव प्रान्तको मुख्यमन्त्री रहनुभएका भाइ सरिफ प्रधानमन्त्री निर्वाचित हुनुहुने निश्चितजस्तै छ । रासस/एएफपी 

Logo