भारतका १४ औं राष्ट्रपति रामनाथ कोविन्दले लिए सपथ, दिइयो २१ तोपको सलामी

भारतका १४ औं राष्ट्रपति रामनाथ कोविन्दले लिए सपथ, दिइयो २१ तोपको सलामी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । १० साउन । 

रामनाथ कोविन्दले भारतको १४ औं राष्ट्रपतिका रुपमा मंगलबार सपथ लिएका छन् । प्रधान न्यायाधिस जेएस खेहरले उनलाई पद तथा गोपनियताको सपथ दिलाए । यस अवसरमा कोविन्दलाई २१ तोपको सलामी दिइयो।

उनले सपथ लगत्तै महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धान्जली अपर्ण गरे । त्यसपछि राष्ट्रपति भवनमा निवर्तमान राष्ट्रपति प्रणव मुखर्जीसँग भेट गरे। यसपछि दुबैजना एउटै कारमा संसद् भवन पुगे । कोविन्द ६५ दशमलव ६५ प्रतिशत मत ल्याएर भारतीय राष्ट्रपति बनेका हुन् ।

को हुन् कोविन्द ?
कोविन्द ७१ वर्षका भए । उनको जन्म १९४५ मा कानपुरको डेरापुरस्थित परौंख गाउँमा भएको थियो । उनी १९७८ मा एससीमा सरकारी वकिल नियुक्त भएका थिए ।
कोविन्द १९७७ मा तत्कालीन प्रधानमन्त्री मोरारजी देसाईका स्वकिय सचिव थिए । उनी भारतीय जनता पार्टीमा आबद्ध दलित नेता हुन् ।

पार्टीले बिहारमा चुनाव हुँदा दलितलाई गर्भनरका रुपमा नियुक्त गर्ने भन्दै उनको नाम प्रचार गरेको थियो । उनी दलित बिजेपी मोर्चाका अध्यक्ष समेत थिए । उनी सन् १९९४ देखि २००० तथा २००० देखि २००६ सम्म राज्यसभा सदस्य रहे । अगस्ट २०१५ मा बिहारका गर्भनर नियुक्त भए ।

१९९० मा उनले घाटमपुरबाट संसदका लागि चुनाव लडेका थिए । तर हारे। यसपछि २००७ मा यूपीको भोगनीपुरबाट चुनाव लडेका थिए । यसपटक पनि हारे । उनको परिवारमा पत्नी सबिता एक छोरा र एक छोरी छन् । उनी भारतीय जनता पार्टीको प्रवक्ता समेत थिए । तर चर्चामा आउन कहिल्यै चाहेनन् । प्रवक्ता हुँदा समेत उनी कहिल्यै टिभीमा देखिएनन् ।

 

Logo